रिदम सिंह
बझाङ । बझाङका दश वटा स्थानिय तहमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ । स्वास्थ्य कार्यालय बझाङले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको दैनिक कोरोना रिर्पाेटमा जिल्लाका दशवटा स्थानिय तहहरुमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको उल्लेख गरिएको छ । हाल जिल्लाका साइपाल, तल्कोट, मष्टा, सुर्मा, छविस पाभिेरा, दुर्गाथली केदारस्यूँ, थलारा विथ्थडचिर गाँउपालिका र बुङ्गल नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झेरेको हो ।
अहिले जिल्लामा ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हिजोसम्म जिल्लाभर ६ जना सक्रिय संक्रमित रहेकोमा आज थप दुइ जनामा कोरोना भाइरस पुष्टी भएको छ । एन्टिजेन परिक्षण गराँउदा जयपृथ्वी नगरपालिकाका एक जना र जिल्ला अस्पतालमा एक जनामा कोरोनाको संक्रमण देखिएको हो । अहिले जिल्लाका दुइवटा पालिका जयपृथ्वी नगरपालिका मा ६ जना र खप्तडछान्ना गाँउपालिका र जिल्ला अस्पतालका १।१जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यसवीच पछिल्लो समय जिल्लाका कोरोनाको परिक्षण दर पनि घटेको छ । स्थानियहरुमा कोरोना भाइरसका लक्षणहरु नदेखिनुका कारणले पनि परिक्षण गाउनेको संख्या न्युन भएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताउनु भएको छ । जिल्लामा कोरोनाको जोखिम थोरै रहेको तर पछिल्लो समय देशमा बालबालिकामा बढी संक्रमण गर्ने डेल्टा भाइरसलाई रोक्न सकेको खण्डमा कोरोनाबाट बझाङ जिल्ला सुरक्षित रहने जिोशीले बताउनु भयो । साथै कोरोना परिक्षणका लागी बझाङमा प्रसस्त किटहरु भएकाले संकालाने वित्तिकै जाँच गराउन र भारतबाट आएका ब्यक्तिको सम्पर्कमा नजान स्वास्थ्य कार्यालय प्रमुख जोशीले सवैमा अनुरोध गर्नु भएको छ ।