गाउँमै राष्टिय प्रसारण लाइन पुगेपछी कैलासबासी खुसी, ३ सय ५० घुरधुरी उज्यालोमा

बझाङ समाचार

सत्यराज सिंह

बझाङ ।
साँझमा धिपधिप बल्ने सोलार । कहिलेकाही बर्षाद हुदाँ सोलारको पावर नभएर फुफु गर्दै झरो बाल्नु पर्ने । समसाँझैं चकम्मन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाहरुले उज्यालोमा पढ्न पाउँछन । नत आमा दिदिवहिनीले उज्यालोमा घर धन्दा गर्न पाउछन । यसरी नै कैयौं पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३ सय ५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ ।
बझाङको जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछी स्थानीय खुसी भएका छन । नगरपालिका भएको भएपनि बर्षौदेखी झरो र सोलार बालेर दैनिकी चलाउदै आएका जयपृथ्वी नगरपालिका १ कैलाश (पिमी) गाँउका नागरिकको घरमा बिजुली बलेपछी उनिहरू खुसी भएका हुन ।
जयपृथ्वी नगरपालिका – १, कैलाशका स्थानीय रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताउनु भयो । विकले, भन्नुभयो, ‘गाउँमा बत्ति नभएर मोबाइल चार्ज नभएर सम्पर्क विहिन हुनुपथ्र्यो अब त्यो समस्या हट्यो । अहिले घर घरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।,
वल्लतल्ल सडक पु¥याए पनि यहाँका स्थानीयले विजुली वत्तिको मुख देख्न पाएका थिएनन । जयपृथ्वी नगरपालिकाका अरु वडाहरु र अन्य क्षेत्रमा वलेको बिजुली हेर्दै रात काट्ने यहाँका स्थानीय आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि औधी खुसी लागेको स्थानीय ६२ वर्षीय केशव बहादुर सिंहले बताउनुभयो । सिंहले भन्नुभयो, ‘गाउमाँ विजुलि बत्ती आउला र विजुली बत्ती बालौला भन्ने आसाको त्यान्द्रो मात्रै थिएन । धेरै ठूला ठूला मान्छेहरु यो गाउँ धुम्न आउथे , सबैले विजुली ल्याउन पहल गर्छम भन्थे, हामीलाई आसा देखाउथे तर बत्ती बर्षौ सम्म आएन, हामीले हाम्रौ पालामा विजुली बालौला भन्ने आसा पनि मर्न लागि सकेको थियो तर आज गाउँमा बत्ती पुग्यो, साच्चै खुसी लागेको छ ।’
प्रसारण लाइन बैशाखमै पुर्याएर जेठबाट बाल्ने योजना भएपनि पोलहरु गन्टिन र तारहरु तान्दा ढिलाई भएको जयपृथ्वी नगरपालिका १ का वडा अध्यक्ष गगन बहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्टिय प्रसारण लाइन ल्याउन तथा विधुतको बाल्नको लागि थुप्रै चुनौति र समस्याहरु झेल्नु पर्यो । अब जेहोस मेरै कार्यकालमा वडा बासीहरुलाई उज्यालो दिन पाउदा खुसीलागेको छ ।,
गाँउमा बिजुली पुगेपछी घरमा बिहान बेलुका चुलो चौकाको काम गर्न तथा विद्यार्थीहरुलाई अनलाईन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न, कम्प्युटर चलाउन सजिलो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *