साइपालखवर
बझाङ । खप्तड छान्ना गाउँपालिकाले किर्ते योजना बनाएर रकम भुक्तानी गरेको पाइएको छ । कामै नभएका र स्थानियलाई कुनै पनि जानकारी नभएका दुइ वटा किर्ते योजना बनाएर पालिकाले करिब १७ लाख रुपैया भुक्तानी दिएको हो ।
साइपालखवर डटकमलाई प्राप्त कागजात अनुसार खप्तड छान्ना गाउँपालिकाले वाड नं. ४ को पसलवगर चौका सडक सुधार समिति नामको नक्कली योजना बनाएर २ लाख ७० हजार ४५५ र सिल्का घट्ट सिचाई कुलो निमार्ण नामको अर्काे नक्कली योजना बनाएर १४ लाख ८ हजार ८१७ गरी १६ लाख ७९ हजार २७२ रुपैया भुक्तानी दिएको हो ।
कामै नभएको योजनामा रकम भुक्तानी दिएको जानकारी पाए पछी गाउँपालिकाका स्थानिय अचम्मित र आक्रोसित भएका छन । स्थानियका अनुसार सिल्का घट्ट सिंचाई कुलोको काम आर्थिक वर्ष ०७६÷०७७ मा भएको थियो । गाउँपालिकाकै ५ लाख लगानी निर्माण सम्पन्न भएको उक्त कुलोमा त्यसपछी कुनै काम भएको छैन । यस्तै गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको पसलबगर चौका सडकमा पनि यस वर्ष कुनै काम भएको छैन । ‘हुदै नभएको योजनामा रकम भुक्तानी भएको सुनेर हामी त छक्क पर्यौ’ खप्तडछान्ना गाउँपालिका ४, का भुपेन्द्र रोकायाले भने ‘गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष मिलेर नक्कली योजना र उपभोक्ता समिती बनाएर रकम खाएका रहेछन’
२०७७ साल फागुन र चैत्र महिनामा गठन गरेको भनिएको दुवै उपभोक्ता समितिका अध्यक्ष पनि एकै जना छन । वडा नं ४, का वडा अध्यक्ष भिमबहादुर रोकाया र वडा सदस्य जानकी देवी रोकायाको उपस्थितीमा गठन गरिएको दुबै समितिको अध्यक्षमा स्थानिय सम्सेर बहादुर रोकायालाई राखिएको छ । समिति गठन गर्दा २८ जनाको उपस्थिती देखाईएको भए पनि वडा अध्यक्ष, वडा सदस्य र समितिका मुख्य पदाधिकारी बाहेकका व्यक्तीको हस्ताक्षर किर्ते गरिएको स्थानिय पदम रोकायाले बताए । उनले आक्रोस व्यक्त गर्दै भने ‘हाम्रो नाम बेचेर गाउँपालिकाको रकम कार्यकर्तालाई बाड्ने काम भएको छ । दुइ चार जनाले साइन गरेर नक्कली योजना बनाएर रकम बाड्ने जनप्रतिनिधीलाई कारबाही हुनु पर्छ’ किर्ते गरी बनाइएको उपभोक्ता समिति मध्ये सिल्काघट्ट सिंचाईकुलो उपभोक्ता समितिको कोषाध्यक्षमा अध्यक्ष शमसेर रोकायाकै श्रीमती शुस्मा रावललाई कोषाध्यक्ष राखिएको छ भने समितिको उपभोक्ता नै नभएका अर्काे वडाका मानिसहरुलाई पनि राखिएको पदमले बताए ।
गाउँपालिकाले भुक्तानी गरेको चेकमा पनि चार दिन अगाडी काटिएको र चार दिन पछि काटिएको चेकको सिरियल नं शंकास्पद रहेको छ । पसल बगर चौका सडक सुधार समितिको नाममा असार १४ गते काटिएको प्राइम बैङकको चेकको सिरियल नं ०७६००२७१ सीए रहेको छ भने त्यसको चार दिन पछि सिल्का घट्ट सिचाई कुलाको नाममा काटीएको चेकको सिरियल नं ०७६००२७० सिए रहेको छ । यो घटना गाउँपालिकाको असावधानीका कारण सार्वजनिक भएको भए पनि यस्ता अरु थुप्रै गलत काम भएको हुन सक्ने भएकोले पालिकाका सम्पुर्ण गतिविधीको छानविन हुनु पर्ने स्थानियले बताए ।
समिति मात्रै नभई किर्ते अनुगमन प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन बनाइएको, हुदै नभएका योजनाको भुक्तानीका लागि सिफारीस गरिएकोले यसमा जनप्रतिनिधी र गाउ“पालिकाका कर्मचारीहरु सबैको मिलेमतो देखिएको जिल्ला समन्वय समितिका सदस्य समेत रहेको खप्तड छान्ना गाउँपालिकाका डबल बोगटीेले बताए । ‘यसमा उपभोक्ता समिती मात्रै नभएर आफ्नै उपस्थितीमा किर्ते उपभोक्ता समिती बनाउने वडा अध्यक्ष र सदस्यहरु, किर्ते मुल्याङकन गर्ने प्राविधिक, वडा अध्यक्ष, भुक्तानी दिने प्रमुख प्रशासकिय अधिकृत र गाउँपालीका अध्यक्ष समेतको मिलेमतो देखिन्छ’ बोगटीले भने ‘चार दिन पछी काटिएको चेकको सिरियल नं अगाडी र चार दिन अगाडी काटिएको नं पछाडी हुनुले पनि अरु काममा पनि अनियमितता भएको हुन सक्ने शंका गर्न सकिन्छ’
खप्तड छान्ना गाउँपालिकाका माओवादी केन्द्रका नेता टोपबहादुर खड्काले गाउँपालिकाले हाकाहाकी भ्रष्ट्राचार हुदा सम्म पनि कारबाही गर्ने निकायले कुनै अग्रसरता नदेखकाएको बताए । ‘यो वर्ष त बाहिर आएर मात्रै सबैलाई थाहा भएको हो । सुरुको बर्ष देखी नै यहा “ थुप्रै अनियमितता भएका छन’ उनले भने ‘अख्तियारले गाउँ पालिकाले आज सम्म गरेका सबै कामको छानविन गर्नु पर्छ । यहा “ करोडौ रकम अनियमितता भएको छ’ ।
यता दुवै उपभोक्ता समितिका अध्यक्ष रहेका समसेर बहादुर रोकायाले पसलबगर चौका सडक गत दशैमा बनाएको र रकम भुक्तानि लिन बाँकी भएकोले भुक्तानी लिएको बताए । १४ लाख बढी रकम भुक्तानी गरिएको सिंचाई कुलोमा चाँही कुनै काम नभएको उनले स्विकारे । एक बर्ष पहिला निर्माण भएको कृषिको भवनको पैसा लिन बाँकी सोही बाफतको रकम सिंचाई कुलो उपभोत्ता समितिको नाममा भुक्तानी लिएको बताए । भवनको रकम भवनकै नाममा किन निकासा नलिनु भएको भन्ने प्रश्नमा उनले भने ‘पहिला बनाएको भवनमा ग्रिलस्रिल हालेका थियौं । सजिलो होला भनेर सिंचाईको खातामा हाल्न लगाएको हु ।’
गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत र गाउँपालिका अध्यक्षले पनि पहिला बनेको भवनको रकम मिलाउनका लागि भुक्तानी दिन खोजिएको तर प्रक्रिया नमिलेको बताए । प्रमुख प्रशाशकिय अधिकृत दिपक रावलले भवनमा ग्रिल हालेको, सौचालयमा टायल हालेको लगायतको रकम दिन बाँकी रहेकोले अन्य शिर्षकमा दिन नमिल्ने हुदा“ सिंचाई कुलोको नाममा रकम भुक्तानी गरेको बताए । उता गाउँपालिका अध्यक्ष बर्क रोकायाले भने भवनमा सालको ढोका हाल्न लगाएकाले रकम भुक्तानी गरिएको प्रतिक्रिया दिए । सुरुमा आफुले यस विषयमा जानकारी नभएको बताएका उनले भने ‘अघिल्लो वर्ष बनाएको भवनमा सालको ढोका हाल्न लगाएका थियौं । टायल सायल हालेर बढी काम भएको थियो । त्यही दिनलाई मिलाउन खोजेका होलान । तर मैले थाहा पाए पछि चेक फिर्ता मगाएको छु’ ।
यसरी बाहिर आयो घटना
किर्ते योजनाका सम्पुर्ण कागजात गाउँपालिकामा पेश गरी चेक समेत काटेर उपभोक्ता समितिका अध्यक्ष सम्सेर रोकाया चेक साट्न जा“दा बैङकमा समातिएका थिए । खप्तड छान्ना गाउँपालिका स्थित प्राइम बैङक लिमिटेडको शाखामा चेक जम्मा गर्न गएका उनको कागजात बैङक कै एक स्थानिय कर्मचारीले देखेका थिए । दुवै योजनामा कुनै पनि काम भएको थाहा नपाएका उनले हुदै नभएको योजनामा रकम भुक्तानी भएको देखे पछि चेक र उपभोक्ता समितिको निर्णय प्रतिलिपीको फोटो खिचेर स्थानियलाई देखाए पछि सबै छक्क परेका थिए । ‘नक्कली योजना बनाएर तेत्रो रकम निकाल्न लागेको देखेर मलाई अचम्म लाग्यो’ उनले भने ‘आफ्नै आ“खा अगाडी भ्रष्टाचार हुन दिनु भएन भन्ने लागेर फोटो खिचेर गाउ“मा देखाएको हुँ’ उनले भने ।
अनौठो घटना भयो सिडियो
‘पञ्चायत कालमा नक्कली पोखरी बनाए फेरी पुर्नको लागि पनि नक्कली योजना माग्थे भन्ने कथा सुनेको थिए । यहाँ आखैले यस्तो देखियो’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने ‘यस्तो सुचना प्रविधीको युगमा पनि नक्कली योजना बनाएर भुक्तानी लिने दुस्साहस गर्छन भन्ने कसले सोच्छ र ’ उनले घटनाको बारेमा जिल्ला प्रशाशन कार्यालयले जानकारी पाउने वित्तिकै प्रशाशनको टोलीलाई छानविनको लागि खप्तड छान्ना गाउ“पालिका तर्फ पठाइसकेको र यसमा संलग्नलाई कारबाही गरिने बताए । ‘यो हद सम्मको अपराध गर्नेलाई छोड्ने कुरा हुदैन । हामी छानविन गरिरहेका छौ । हदै सम्मको कारबाही गर्छाै’ ।
1 thought on “खप्तड छान्ना किर्ते योजनाको नालीबेली : कसरी समातियो चेक ?”