राष्ट्रिय युवासंघ नेपालले सरकारको समर्थनमा गर्ने भनिएका कार्यक्रम स्थगित

Uncategorized समाचार

काठमाण्डौ-राष्ट्रिय युवासंघ नेपालले सरकार समर्थनमा आसार २६ गते गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सरकारको समर्थन कार्यक्रम विवित कारण बस स्थगित भएको राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य हिलारी हिक्मत बोहोराले बताए । सदस्य बोहोराले भने, ‘४,५ सय मोटरसाइकल बसुन्धरा चोकमा निकालेका थियौ । विविध कारणले कार्यक्रम स्थगित भयो । हामी जम्मा भएकै ठाउँबाट कार्यक्रम स्थगित भएपछि हामीले र्याली पनि स्थगित गरेका छौ ।’ कार्यक्रम स्थगित हुनुभन्दा पहिला बसुन्धरा चोकमा र्यालीलाई कोणसभा मा परिवर्तन गरी बोहोराले आफ्ना महत्वपूर्ण भनाइ राख्दै र्याली स्थगित भएको जानकारी गराएको राष्ट्रिय युवासंघ नेपालका नेता आकास सिहले जानकार दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *