खप्तड छान्नाको किर्ते काण्ड : अध्यक्ष रोकायाले नै बनाए किर्ते अनुगमन प्रतिवेदन

बझाङ समाचार

साइपालखबर
बझाङ– सिंचाई कुलो निर्माण गरेको भनेर किर्ते कागजात खडा गरि रकम भुक्तानी दिएको विषयमा जिल्ला प्रशाशन कार्यालयले छानविन थालेको छ । प्रारम्भिक छानविनबाट योजनामा बदमासी भएको देखिएको र थप अनुसन्धान भैरहेको प्रशाशन कार्यालयले बताएको छ ।
खप्तड छान्ना गाउ“पालिकाले वाड नं. ४ को पसलवगर सिल्का घट्ट सिचाई कुलो निमार्ण नामको नक्कली योजना बनाएर १४ लाख ८ हजार ८१७ रुपैया भुक्तानी दिएको थियो । पालिकाले योजना भुक्तानी गर्दा समिति मात्रै नभएर किर्ते डिजाइन स्टेमेट र प्राविधिक प्रतिवेदन, किर्ते अनुगमन प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन बनाएर पेश गरेको पाइएको छानविन टोलीका एक सदस्यले बताए ।
भुक्तानी दिनु पुर्व गाउ“पालिका अध्यक्ष बर्क रोकाया आफैले योजनाको अनुगमन गरेको भनेर किर्ते प्रतिवेदन पेश गरेको पाइएको उनले बताए । ‘हुदै नभएको काम सम्पन्न भएको भनेर अध्यक्षले नै हस्ताक्षर गरेर अनुगमन प्रतिवेदन बुझाएको भेटियो’ उनले भने ‘अनुगमन प्रतिवेदनमा गाउ“पालिका अध्यक्ष, वडा अध्यक्ष भिम रोकाया, महिला सदस्य दुदादेवि रोकायाको पनि हस्ताक्षर छ ।’ तर अनुगमन समितीको संयोजक गा“उपालिका उपाध्यक्ष पाउसरा थापाले यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताइन् । गा“उपालिका अध्यक्ष रोकायाले अनुगमन समितीको सदस्य सचिवको हैसियतले अनुगमन प्रतिवेदनमा हस्ताक्षर गरेको भेटिएको हो ।
साइपाल खबरमा असार २६ गते ‘खप्तड छान्ना किर्ते योजनाको नालीवेली : कसरी समातियो चेक ?’ शिर्षकको समाचार छापिए पछि घटनाको छानविन थालिएको हो । जिल्ला प्रशाशन कार्यालयले छानविनको क्रममा किर्ते योजनाका सम्पुर्ण कागजात नियन्त्रणमा लिएको छ । ‘घटना थाहा पाउने वित्तिकै हामीले नायब सुब्बाको नेतृत्वमा टोली पठाएर सक्कल कागजात नियन्त्रणमा लिएका थियौ’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने ‘कागजातहरु अध्ययन गर्दा भ्रष्ट्राचार भएको छैन भनेर भन्न सकिने अवस्था छैन’ उनले गाउ“पालिकाले गत बर्ष नै निर्माण सम्पन्न भैसकेको सिल्का घट्ट सिंचाई कुलोको नाममा किर्ते योजना बनाएर भुक्तानी दिएको देखिएको बताए ।
कागजपत्रको अध्ययनबाट किर्ते गरिएको देखिए पछि प्रशाशन कार्यालयले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षकको नेतृत्वमा सिंचाई कार्यालयका इन्जिनियर सहितको टोलीलाई स्थलगत अनुसन्धानका लागि पठाएको थियो । ‘स्थलगत अनुसन्धान र प्राविधिक दृष्टीकोणबाट हेर्दा सिल्का घट्ट भन्ने ठाउ“मा गत वर्ष नै कुलो निर्माण भएको र यो वर्ष कुनै पनि निर्माणको काम नभएको देखिएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले भने ‘हामीले स्थलगत मुचुल्का सहितको प्रतिवेदन तयार गरेर प्रशाशन कार्यालयमा बुझाउदै छौ’
खप्तड छान्ना गाउ“पालिकाले किर्ते योजना बनाएर अनियमितता गरेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगाल र क्षेत्रिय कार्यालय महेन्द्रनगरलाई पनि जानकारी गराइसकेको जिल्ला प्रशाशन कार्यालयले जानकारी दिएको छ । ‘हामीले प्रारम्भिक छानविनको प्रतिवेदन सहित सबै कागजात अख्तियारको जिम्मा लगाउछौं । विस्तृत छानविन गर्ने र कारबाही गर्ने काम अख्तियारले नै गर्छ’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने ।
असार १८ गते किर्ते योजनाका सम्पुर्ण कागजात गाउ“पालिकामा पेश गरी चेक समेत काटेर चेक साट्न जा“दा उपभोक्ता समितिका अध्यक्ष सम्सेर रोकाया बैङकमा समातिएका थिए । खप्तड छान्ना गाउ“पालिका स्थित प्राइम बैङक लिमिटेडको शाखामा चेक जम्मा गर्न गएका उनको कागजात बैङक कै एक स्थानिय कर्मचारीले देखेका थिए । योजनामा कुनै पनि काम भएको थाहा नपाएका उनले हुदै नभएको योजनामा रकम भुक्तानी भएको देखे पछि चेक र उपभोक्ता समितिको निर्णय प्रतिलिपीको फोटो खिचेर स्थानियलाई देखाए पछि घटना बाहिर आएको थियो । किर्ते योजनाको पोल खुले पछि गाउ“पालिकाले बैङबाट चेक फिर्ता मागेर भुक्तानी रोकेको थियो ।
गाउ“पालिकाका अध्यक्ष, वडा अध्यक्ष लगायत जन प्रतिनिधीले गत बर्ष नै निर्माण सम्पन्न भएको कृषि भवनमा थप काम गरेको र त्यसैको भुक्तानी दिनका लागि सिंचाई कुलोको किर्ते योजना बनाउनु परेको बताउदै आएका छन ।

 

 

2 thoughts on “खप्तड छान्नाको किर्ते काण्ड : अध्यक्ष रोकायाले नै बनाए किर्ते अनुगमन प्रतिवेदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *