अदालतको फैसला र प्रधानन्यायधीस विरुद्व बझाङमा नेकपा एमालेको नाराबाजि

बझाङ समाचार

सत्यराज सिंह

बझाङ । सर्बोच्च अदालतले संसद विघटनलाई बदर गरेपछी तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालाई प्रधानमन्त्री बनाउने प्रम आदेश जारी गरेपछी नेकपा एमाले जिल्ला कमिटी बझाङले सर्बोच्च अदालत र प्रधानन्याधीस चोलेन्द्र समशेर राणा विरुद नाराबाजि गरेको छ । अदालतले दिएको आदेश मुर्दावाद, चोलेन्द्र समशेर मुर्दावाद ,जस्ता नारा लगाएर सदरमुकाम चैनपुरमा विरोध गरेका छ । सबोच्च अदालतले आफ्नो स्वइच्छाकारी निर्णय फैसला गरेको भन्दै, नेकपा एमालेको पार्टी कार्यालय पानकोट देखि सुरु भएको उक्त विरोध प्रर्दशन शान्तिमार्ग रोड हुदै खुल्लामञ्च , गई सदरमुकाम चैनपुरको लोकतान्त्रीक चोकमा गएर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै अनेरास्वियु जिल्ला अध्यक्ष प्रविन धामीले सबोच्च अदालतले निर्दलिय व्यवस्थागर्न खोजेको, पार्टीको मुल्य मान्यतामा तुछराघात गरेको आरोप लगाएका छन । धामीले भने, ‘अदालतले कानुनको कु गरेको हो । आफ्नो मनमा लागेको कुरा अदालतको फैसलाबनाई प्रधानन्यायधीस चोलेन्द्र समशेरले सुनाएका छन । प्रधान्यायधीस चोलेन्द्र समशेर राणालाई नेपाली कांग्रसबाट चुनावमा भाग लिई एमाले संग प्रतिशप्रदामा आउन समेत आग्रह गर्दछु । एउटा पार्टीको राजनिति गर्नेलाई प्रधानन्यायदिस मान्नु राम्रो हैन ।’
उक्त कोणसभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य लोकेन्द्र बहादुर सिंहले सर्बोच्चले देशमा निर्दलिय व्यवस्थागर्न लागेको र सर्बोच्च अदालतले आज गरेको फैसला जनता र लोकतन्त्रको विरुद्व भएको बताउनुभयो । सिहले भन्नुभयो, ‘यो मात्र सांकेतिक आन्दोलन हो । नेकपा एमाले एक अनुसाशित पार्टी हो । यसलाई कसैले ठोस्न खोजेमा सैहे हुने छैन । यो नेपाली जनताले हारेको दिन हो । ’ चोलेन्द्र समशेर राणाले दलहरुमा संकट ल्याएर देशमा निर्दलिय व्यवस्था गर्न खोजेको र सबै पार्टी तथा दलहरुले सर्बोच्चको निर्णयको विरुदमा लड्नुपर्ने समेत सिंहले बताउनुभयो ।
सर्बोच्चले फैसला नसुनायर प्रमआदेश जारी गरेको र नेकपा एमालेले आजको दिनलाई कालो दिनको रुपमा जज गरेको संविधान सभा सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अफिलाल ओखेडाले बताउनुभयो । ओखेडाले भन्नुभयो, ‘आज आनिगाउँ खानेले, भोली दानि गाउँ खान्छ ’ स्वभाविक ढंगले जव एमालेको सरकार आउछ तब जनताले लोककल्याणकारी राज्यको अनुभुति गर्न पाउछन । एकता कायम भएको नेपाल कम्युनिष्ट पार्टी पनि दुईभागमा विभाजन गर्ने सबोच्च अदालत नै हो । ’ सर्बोच्चले देशलाई धुव्रिकरण गर्न खोजेको,आलतले प्रधानमन्त्री चुन्ने काम गरेकोले नेकपा एमाले सर्बोच्चले आज गरेको फैसला विरुद रहेको बताउनु भयो । हिजो नेकपा एमाले एकतामा भएको १० बुदे सहमति पनि कार्यन्वयन गर्नका लागि आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई ओखेडाले अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *