साइपालखवर
बझाङ । सुदुरपश्चिम प्रदेश सरकार अन्र्तगत मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी कार्यक्रम अन्र्तगत बाख्रा व्यवसायलाई प्रर्वदन गर्ने कार्यक्रम संचालन गरिएको छ । युवाहरुलाई व्यवसायतिर जोड्ने उदेश्यले तलकोट गाउँपालिकाको वडानम्बर ६ बडिगाउँलाई छनोट गरेपछी त्यहाँका स्थानियबासीहरु बाख्रा पालन व्यवसाय तर्फ सक्रिय भएका छन ।
मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी कार्यक्रम अन्र्तगत बाख्रा राख्ने दुई वटा व्यवसायिक खोर, दुई वटा नमुना खोर, किसानलाई खोर सुधार, ४५ परिवारलाई बाख्रा र बोका सहयोग गरेपछी अहिले त्यहाँका स्थानियहरु बाख्रा पालन व्यवसायमा लागि परेका छन । तलकोट गाउँपालिका ६ का प्रेम बहादुर धामीले आफुले सहयोग पाएपछी बाख्रा व्यवसायमा लागेको र अहिले ३० वटा भन्दा बढी बाख्राहरु नमुना खोरमा पाल्दै आएको र आगामी दिनमा व्यवसायलाई थप बढाउने बताए ।
विगतमा बडिगाउँका किसानहरुले बाख्रा पालन गरेपनि व्यवसायिक रुपमा नभएर गुजारामुखी मात्रै गरेकाले, हाल सोहि व्यवसायमा लागेका किसानहरुलाई स्वरोजगार तर्फ जोड्ने उदेश्यले बडिगाउँलाई छनोट गरिएको तलकोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर विष्टले बताए । साथै पछिल्लो समयमा तराईबाट समेत ब्वाईलर कुखुराहरुको आयात बढ्न थालेपछी कुखुराको मासुको माग बढी र बाख्रा र खसिको मासुको माग न्युन हुन थालेपछी तलकोटको गैतोलामा बदसाला समेत संचालनमा ल्याउनका लागि तयारी रहेको र आफुले गाउँपालिकामा आलु, सिमी, कोदो लगाएतका रैथाने खाध्यान्न बालीहरुको पकेट क्षेत्र बनाउने उदेश्यले कृषि क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राख्दै आएको अध्यक्ष विष्टको भनाई छ ।
नमुना कृषि गाउँ आफै बनाऔ भन्ने निती अन्र्तगत बाख्रा व्यवसाय पकेट क्षेत्र विकास गर्ने उदेश्यले जिल्लाको तलकोट, मष्टा, वित्थडचिर, सुर्मा, जयपृथ्वी नगरपालिकाको कैलासमा यो कार्यक्रम लागु गरिएको पशुसेवा विज्ञ केन्द्र बझाङका प्रमुख पशुपती नाथले बताए । उक्तm कार्यक्रम अन्र्तगत बाख्राका नमुना खोरहरु, व्यवसायी खोरहरु, गोेठ सुधार लगाएतका पुर्वाधारका कार्यक्रम लगाएत औजार उपकरण संकलन केन्द्र बदसाला लगाएतका कार्यक्रमहरु पनि जिललामा संचालन गरिएको र बझाङ जिल्ला बाख्रा व्यवसायका लागि राम्रो क्षेत्र रहेको समेत प्रमुख पशुपति नाथले बताए ।
केहि बर्ष देखी मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम प्रभावकारी बनाउनका लागि र एक स्थानियतहको सिकाई आदनप्रदान गर्ने उदेश्यले स्थानियतहका जनप्रतिनिधीहरु, जिल्ला समन्वय समिति र संचारकर्मीहरुलाई समेत अवलोकन, अनुगमन गराउदै आएको र बझाङ जिल्ला संभावनाको जिल्ला भएकाले आफ्नै गाउँघरमा बसेर युवाहरुले व्यवसाय तर्फ लाग्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख खडक खड्काले बताए ।