रिदम सिंह
बझाङ । बझाङमा थप १५ दिन निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड संकट ब्यबस्थापन समितीको हिजो बजेको वैठकले बझाङमा कोरोना महामारीको जोखिम अझै कायम रहेको भन्दै थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । भारत तथा कोरोना महामारीको जोखिम रहेका जिल्लाबाट मानिसहरुको आवत जावत भइरहेकाले जिल्लामा पनि कोरोना महामारीको जोखिम रहेको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
बझाङमा पनि दोस्रो लहरको कोरोना महामारी फैलिएपछी बैसाख २० गतेदेखी निषेधाज्ञा गरिएको हो । सरकारको मापदण्डमा पहाडी जिल्लामा दुई सयभन्दा कम सक्रिय संक्रमित भएको खण्डमा निषेधाज्ञा हटाउनु पर्ने मापदण्ड भएपनि अन्य जिल्ला तथा भारतबाट जोखिम कायमै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइरहनु परेको जिल्ला कोभिड संकट ब्यबस्थापन समितीका संयोजक प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । यद्यपी बझाङमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १० भन्दा कम रहेका छ ।
यसैविच मंगलबार बसेको समितीको बैठकले जिल्लामा केही सहज हुनेगरी निषेधाज्ञा थप गरिएको जनाएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनागरी सवारी साधन संञ्चालन गर्ने, विहान ७ वजेदेखी साँझ ७ वजेसम्म पसm तथा बजार खोल्न पाइने, जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले नियमितरुपमा समपूर्ण सेवाहरु दिने र बैंक तथा वित्तीय संस्थाहरुले विहान १० बजेदेखी अपरान्ह ३ वजेसम्म सेवाहरु दिन सक्ने भएका छन् । यस्तै ७ वजेपछी बजार तथा पसलहरु बन्द गर्नु पर्ने, भिडभाड हुनेगरी विबाह, ब्रतबन्ध तथा जात्रा, मेलापर्व र जुलुस सभाहरु संञ्चालन गर्न मनाह गरिएको जिल्ला कोभिड संकट ब्यबस्थापन समिती (डिसिसिएमसी)ले जनाएको छ ।