विर्ख बोहरा
बझाङ ।
बझाङको सुर्मा गाउँपालिकाले स्वास्थ्य संस्थामा चेकजाँच तथा सुत्केरी भएकि महिलाहरुलाई आमा सुरक्षा कार्यक्रम अन्र्तगत नगद रकम सहित फलफुल वितरण गरेको छ ।
विहिबार एक कार्यक्रमका विच सैन गाउँ आधारभुत स्वास्थ्य केन्द्रले स्वास्थ्य केन्द्रमा चारपटक चेकजाँच गराउने तथा स्वास्थ्य केन्द्रमै सुत्केरी भएकी २८ जना महिलालाई प्रतिव्यक्ति ३ हजार ८ सय नगद सहित फलफुल र स्वास्थ्य संस्थामा चेकजाँच नगरी सुेत्केरी मात्र भएकी ४ जना महिलालाई प्रति व्यक्ति ३ हजारका दरले नगद सहित फलफुल वितरण गरेको सैन गाउँ आधारभुत स्वास्थ्य केन्द्र इन्र्चाज ऐन बोहराले बताए । बोहराले भने, ‘पहिले भन्दा अहिले स्वास्थ्य संस्थामा चेकजाँच गराउने तथा सुत्केरी गराउनेको संख्या वृर्दि भएको छ । पहिला सुर्मा स्वास्थ्य चौकीबाट उक्त सेवा दिने गरेको भएपनि हाल सैन गाउँ आधारभुत स्वास्थ्य केन्द्रबाट सेवा दिन थालेका छौ ।’
पहिलेको तुलनामा स्वास्थ्य संस्थामा चेकजाँच तथा सुत्केरी गाउनेको संख्यामा वृर्दि भए पछी मातृ मृत्युदर घटेको समेत प्रमुख बोहोराले बताए ।