साइपालखबर
बझाङ । बझाङको थलारा गाउँपालिका–५ मालुमेलामा रहेको चक्रेश्वर माध्यामिक विध्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा गरिएको छ । वि.सं २०२१ सालमा स्थापना भएको विध्यालयले विभिन्न १० सुचक पुरा गरेपछि विहिबार एक कार्यक्रमका बिच तिन तारे नमुना विद्यालय घोषण गरिएको हो ।
थलारा गाउँपालिका अन्र्तगतको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी) को सहयोमा विध्यालयलाई तिनतारे नमुना विद्यालय घोषणा गरिएको विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष टेक बहादुर खड्काले बताए । ग्रामिण जलस्रोत परियोजनाले नमुना विध्यालय घोषणा गर्नको लागि निर्धारण गरेका दश सुचकमा खानेपानी, शौचालय, सरसफास्वच्छता हरियाली वातावरण,शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपत जोखिम व्यवस्थापन लगाएतका सुचकहरु पुरा गरेकाले विध्यालय नमुना घोषणा गरेको हो । बझाङ जिल्लाकै तेस्रो नमुना विद्यालयका रुपमा उक्त विद्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा गरिएको विध्यालयका प्रधानाध्यापक विरेन्द्र गिरीले बताए ।
जिल्लामा पहिलो तिनतारे विध्यालयमा भगवती आधारभुत विध्यालय थलारा –७ गोठीगाउँ चैत महिनामा नमुना घोषणा भएको थियो । भने, असार २८ गते छविसपाथिभेरा गाउँपालिका –१ को जनप्रिय माध्यामिक विध्यालय वगडगाउँ दोस्रो नमुना विध्यालय घोषणा भएको छ । र चक्रेश्वर माध्यामिक विध्यालय तेस्रो नमुना विध्यालय धोषणा गरिएको छ । उक्त कार्यक्रममा प्रमख जिल्ला अधिकारी मोहन अधिकारी र जिल्ला समन्वय समिति प्रमुख खडक खड्काले विध्यालयको भौतिक सुधार जति भएको छ । त्यतिकै शैक्षीक सुधार होस भनेर शुभकामना दिनुका साथै विध्यालयको शैक्षिक गुणस्तरमा आफुहरुबाट हुने सहयोग सदैव रहने समेत बताए ।