राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

राजनीति

काठमाण्डौ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पौडेल र यादवलाई पदमुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पौडेल र यादवलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषद्ले गण्डकको प्रमुखमा गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको छ ।

यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *