रिदम सिंह
बझाङ । बझाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका १ का अन्दाजी २२ वर्षीय कलक जाग्रीको करेन्ट लागेर मृत्यु भएको हो।
शनिबार दिउँसो कुखुराको फर्मका लागि बारीमा छोडिएको करेन्ट लाग्दा उनको मृत्यु भएको बझाङबाट स्थानिय चक्र सिँहले जानकारी दिनुभयो । उहाँका अनुसार जाग्री तरकारी टिप्न गएका बेला बारीमै करेन्ट लागेर उनको मृत्यु भएको हो । जाग्रीले बिजगडा बजारमा व्यवसाय संचालन गर्दै आएका थिए ।
बझाङमा यार्सागुम्बा र बनलसुनको मुल्यमा कमी आएको छ । विगत केही समययता बहुमुल्य जडिबुटीका रुपमा रहेका यार्सागुम्बा र बनलसुनको मुल्यमा कमी आएको हो । मुल्यमा कमी आउँदा वनलसुन र यार्सागुम्बा संकलक भने समस्यामा परेका छन् ।