रिदम सिंह
बझाङ । बझाङमा कोरोना विरुद्धको खोप अभियान आजबाट संञ्चालन भएको छ । यस अघि खोप लगाउन छुटेका तथा ४० वर्षभन्दा माथीको उमेर समुहका ब्यक्तिहरुका लागी पहिलो मात्राको खोप अभियान संञ्चालन भएको हो ।
यस खोप अभियानमा यस अघी भेरोसेल खोप लगाएका २१ देखी २८ दिन पुगेका ब्यक्तिहरुले पनि दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । अभियानकै रुपमा संञ्चालन हुने खोप अभियान जिल्लका १२३ खोप केन्द्रबाट खोप अभियान संञ्चलन भएको स्वास्थ कार्यालय बझाङका कोरोना फोकलप्रश्न नारायण जोशीले बताउनु भएको छ ।
यसैवीच स्वास्थय कार्यालय बझाङका प्रमुख भानु जोशी लगाएतको टोलीले खोप केन्द्रहरुको अनुगमन गरेको छ । जिल्लाका विथ्थडचिर गाँउपालिका, दुर्गाथली, खप्तडछान्ना, केदारस्यु गाँउपालिकाका लगाएतका स्थानका खोप केन्द्रहरुको अनुगमन गरिएको हो । खोप केन्द्रमा स्थानियहरु खोप लगाउनका लागी उत्साहजनक रुपमा उपस्थित भएको कार्यालय प्रमुख भानु जोशीले बताउनु भयो । कुनैपनि खोप केन्द्रमा खोपको अभाव भएको खण्डमा स्वास्थ्य कार्यालय बझाङका खवर गर्न समेत जोशीले खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मिहरुलाई आग्रह गर्नु भएको छ ।
साथै स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले विभिन्न गाँउपालिकामा खटिएका कर्मचारीहरुलाई तोकिएको मापदण्डभन्दा वाहिर गएर तत्काल कसैलाई पनि खोप नदिन निर्देशन दिनु भएको छ । अव भ्याक्सिनको अभाव नहुने भएकाले विस्तारै सवैलाई खोप पुग्ने बताउदै कसैले पनि आत्तिन पर्ने अवस्था नरहेको जोशीको भनाई छ । दुइ दिनको अवधीमा संञ्चालन हुने खोप अभियानमा जिल्लाभर करिव १५ हजार जनालाई खोप लगाउने लक्ष रहेको छ ।