यार्सागुम्बाको मुल्यमा भारी गिरावटः भारत छिर्न थाले स्थानिय

बझाङ समाचार सुदुरपश्चिम

बझाङ । आम्दानीको मुख्य स्रोत रहेको यार्सागुम्बाको मुल्य घट्दा बझाङका स्थानियहरु समस्यामा परेको स्थानियहरुले बताएका छन । केही वर्ष पहिले यार्सागुम्बा बिक्री गरेर मनग्य आम्दानी गर्ने बझाङका नागरिक पछिल्लो समय यार्साको मुल्यमा आएको भारी गिरावटले चिन्तामा परेका छन् । पछिल्लो एक÷दुई वर्षयता यार्सागुम्बा लगाएका जडिबुटी कौडीको भाउमा बिक्री भइरहेको छबिसपाथिभेरा गाँउपालिका–७ का स्थानीय दले बोहराले बताउनु भयो । सस्तैमा जडिबुटी बिक्री हुँदा घर खर्च चलाउन पनि निकै समस्या हुने गरेको र आम्दानी न्यून हुँदा रोजगारीका लागी फेरी भारततिर जानुपर्ने बाध्यता बढेको बोहराले बताउनु भयो ।

दुई वर्षअघि यार्सागुम्बा प्रतितोला २० हजार रुपैयाँमा बिक्री भएको भएपनि यो वर्ष यार्साको मुल्य घटेर प्रतितोला १० हजारसम्म पुगेको छ । वर्सेनी यार्सागुम्बा, वनलसुन जस्ता बहुमूल्य जडिबुटीको उत्पादन घट्दै गएको छ । अनियन्त्रित रूपमा बहन क्षमताभन्दा धेरै ठूलो जनसमुदाय संकलनमा जाने हुँदा वातावरणीय प्रदूषण बढेर यार्साको उत्पादन पछिल्लो समय घट्दै गएको हो ।
जडिबुटी लोप हुँदै गए पछि मूल्यपनि निरन्तर घटिरहेको छ । जडिबुटीले उचित मूल्य नपाउँदा यहाँका धेरै स्थानीय विदेश पलायन हुनुपर्ने बाध्यता छ । हिउँ पर्ने र पग्लिने अवधि नियमित नहुनु र अपरिपक्व यार्साको सङकलन, जलवायु परिवर्तनका असरलगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञ बताउँछन् ।
यार्सा संकलकहरू वैशाख दोस्रो सातादेखि दुई महिना गाँसबासका सामानसहित हिमाली क्षेत्रका पाटनमा त्रिपाल गाडेर बस्छन् । नेपालमा पछिल्लो दुई दशकयता मात्र यार्साको व्यावसायिक संकलन तथा ओसारपसार सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *