रिदम सिंह
बझाङ । केदारस्युँ गाउपालीका ५ कि २३ बर्षिया पवित्रा गुर्धामीको परिवारलाई आर्थिक सहयोग गरीएको छ । मृत्युको कारण पत्ता लागाई न्याय दिलाउन काठमाडौ जानुपर्ने तर पारिवारको आर्थिक अवस्था कम्जोर भएकाले केदारस्युँ गाउँपालिका उपाध्यक्ष निशा ठगुन्ना धामीले सहयोेगको अभियान चलाउनुभएको थियो ।
काठमाडौं हेरिटेज हाई एकेडेमीको होस्टलमा मृत अवस्थामा भेटीएकी केदारस्युँ ५ कि पवित्रा गुर्धामीको मृत्युको कारण पत्ता लगाउन र न्याय दिलाउन लाग्ने खर्चको कमी भएपछि आर्थिक संकलन अभियान चलाइएको थियो । उपाध्यक्ष धामीको पहलमा प्रमुख प्रसासकिय अधिकृत धनराज जोशि, लगायत अन्य विभिन्न दाताहरुले सो अभियानमा सहयोग गरेका थिए । बिभिन्न व्यक्तिबाट सँकलन गरिएको ७१ हजार १ सय २५ रुपैया केदार स्युँ ४ खोलामोरमा एक कार्यक्रमका बिच मृतक पवित्राको आमालाई हस्तान्तरण गरिएको छ ।
यसरी समस्या परेका वेला उपाध्यक्ष निशा धामीले सहयोग गरेकोभन्दै धामी सहित सहयोगी सबैलाई मृतकका लाई कृष्ण गुर्धामीले धन्यवाद दिनुभएको छ । मृतकका दाइका अनुसार अहिलेसम्म पोष्टमार्टमको रिपोर्ट समेत नआएको भन्दै आर्थिक अबस्था कमजोर भएकै कारण घटना र अपराधिलाई लुकाउन खोजीएको बताउनु भयो । २३ बर्षिया पवित्रा गुर्धामीको असार २८ गते सोमबार काठमाडौं महानगरपालिका–७ स्थित हेरिटेज बोर्डिगंको एक कोठामा झुण्डिएको अबस्थामा मृत फेला परेकी थिइन् ।