सत्यराज सिंह
बझाङ । नेकपा एमालेका नेता तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा एमाले भित्रको विवाद तथा माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछी नेकपा एमालेको एकताको रेल अगाडि बढिसकेको बताउनुभयो ।
बझाङको सदरमुकाम चैनपुरमा रहेको नेकपा एमाले जिल्ला कमिटी बझाङको पार्टी कार्यालय पानकोटमा गरिएको पत्रकार सम्मेलनमा नेता थापाले नेकपा एमालेले देशव्यापी संगठन निर्माणको दौरान तिव्र गतिका साथ अगाडि बढिरहेको र अब नेकपा एमाले कसैका लागि नपर्खने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जो छुट्यो त्यसको गति छ्ट्यो नकपा एमालेको रेल अगाडि बढ्यो । अब त्यो रेलमा चढ्न चाहाने मान्छे त्या बस्छ । जो बस्दैन त्यो छुट्छ । रेल पर्खदैन । हामी अगाडि बढ्यौ भनेर हामीले भनेका छौ । फेरी पनि कतिपय नेताहरु अलमलमा परेर १० बुदे कार्यन्वयन गरौ भनेर भनिरहेका छन् । हामी कार्यन्वयन गरेर पनि यता पुगिसक्यौ ।’
आफुहरु अब कसैलाई पर्खेर नबस्ने र आउन चाहानेहरुका लागि नेकपा एमालेको ढोका बन्द नगरेको तर दृष्टिकोण र विचार स्पष्ट हुनुपर्ने बताउनुभयो । साथै कार्यक्रममा बोल्दै नेकपा एमालेमा आउन चाहने सांसदहरुले शेर बहादुर देवालाई प्रधानमन्त्री बनाउनका निम्ति हस्ताक्षर गरेकोमा आत्मआलोचना गर्नुपर्ने थापाले बताउनुभयो ।
नेकपा एमालेले स्पस्ट मार्ग तय गरेको हुदाँ सुखी नेपाली समृद नेपाल भएकाले केहि सड्यन्त्र र जालजेलका कारण जनता समक्ष राष्टनिर्माणका लागि गरेका गतिविधी र जनताले चाहेको परिवर्तन चाहानेहरुले के पि ओलीलाई खोजिरहेको र केहि मान्छेहरुले ओलीलाई समाप्त पार्न लागेको समेत थापाको भनाई छ ।
पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेशका पुर्व भौतिक तथा पुर्वाधारमन्त्री पठान सिंह बोहरा, नेकपा एमाले सुदुरपश्चिम प्रदेश सचिव राजेन्द्र रावल, निवर्तमान वन तथा वातावरण राज्यमन्त्री आशा विक, सांसद भैरव बहादुर सिंह, अनेरास्ववियु केन्द्रिय कमिटी अध्यक्ष ऐन महर लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।