साइपालखवर
बझाङ ।
बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका –३ का स्थानियहरु पुल नहुदा समस्यामा परेका छन् । वडानम्बर ३ मा रहेको डुग्री खोलामा पुल नहुदाँ कुयापानी र कुशापानीका स्थानियहरुलाई आवतजावतमा समस्या भएको तिनै तहको सरकारका प्रतिनिधीहरुलाई बेलाबेलामा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानिय महेश खड्काले बताउनुभयो ।
सदरमुकाम चैनपुरबाट नजिकै भए पनि बर्षो देखि डुग्री खोलामा पुल नबन्दा बर्खाको समयमा दुख झेल्दै आएको र उत्पादन भएका कृषि उपज बस्तुहरु पनि बजार सम्म पर्याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताउनुभयो । दुबै गाउँमा हाल सम्म खानेपानी, विधुत र सडकको सुविधाबाट नपुगेकाले छिटो छरितो खानेपानी, विधुत र सडकको सुविधा पु्याउन पडेसयुवा समाजले तिनै तहको सरकारलाई ध्यानाकर्षण गराएको छ ।
हाल खानेपानीको समस्या हुदाँ त्यहाँका स्थानियहरु खोलाको धमिलो पानी पिउदै आएका छन् । विधुतको पोल गाडेको भए पनि हाल सम्म बत्ति बल्न नबलेको र नगरपालिकाले त्यस तर्फ कुनै चासो नदेखाएको स्थानियले आरोप लगाएका छन् ।
यता जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएकोे र बर्षेनी डुग्री खोलाले खेतियोग्य जमिन कटान गर्ने भएकाले त्यस तर्फ तटबन्दन समेत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिटो छरितो काम गर्नको लागी पहल गरेकी छु । चाडै समस्याहरुको समाधान हुने छ ।’
हाल पुल नहुदा करिब २५ परिवार समस्यामा परेका छन् ।