मकैमा अमेरिकन फौजी किराको प्रकोप

बझाङ मुख्य खबर

भुवन बहादुर सिंह
करिब २ हजार हेक्टरमा लगाएको मकै सखाप

बझाङ– धान र गहु पछि जिल्लाको मुख्य खाद्य बाली मकैमा अमेरिकन फौजीे किराको प्रकोप देखिएको छ । पाक्न लागेको मकैको गुवा फल, पात र डांठ समेत नरहने गरी किराले खाए पछि किसानहरु खाद्यान्न अभावको चिन्ताले पिरोलिन थालेका छन ।
बझाङ जिल्लाको साविकका लेकगांउ, सैनपसेला, कडेल, सुर्मा, दौलिचौर, रिलु, मष्टा, गडराय, भामचौर, दहबगर लगायतका गाविसहरुमा मुख्य बर्षे वालीको रुपमा मकैको खेती गरिन्छ । धानको उत्पादन नहुने भएका कारण यि गाविसका मानिसहरुले मकैको उत्पादनले ३/४ महिना सम्म गुजरा चलाउने गर्दथे ।
‘ अमेरिकन फौजी किराको लागेर पसाउन लागेको मकै पात समेत नरहने गरी सखाप बनाइ दिए’ जयपृथ्वी नगरपालिकाका एकका कृषक सुशिल विष्टले भने ‘गांउमा एकजनाको खेतमा पनि मकैको सद्दे बोट भेटिदैन । अर्काे बर्षको लागी विउं पनि नरहने भयो’
उनले आफुले मात्रै ५ देखी ६ क्विन्टल मकै फलाउने गरेको र त्यसैले ५ जनाको परिवारलाई ४÷५ महिना सम्म परिवार पाल्ने गरेको बताए । उनको गांउमा मात्रै सबै गरेर ५ सय रोपनी भन्दा बढी क्षेत्रफलमा मकै खेती गरिएको र फौजीे किराका कारण यो वर्षे उत्पादन शुन्य हुने बताए ।
‘सबै गांउमा मकैका ठुटाहरु र पातमा मात्र देखिन्छन । एकाएक बाली सखाप पारे पछि मानिसहरु भोकमरी हुने चिन्ताले आतिएका छन’ किसान राम प्रसाद जोशीले भने ‘ मकैमा पहिला यो रोग लागेको थिएन । यो वर्ष त एक दाना पनि देख्न नपाइने भयो’ उनले दुर्गाथली, छविसपाथिभेर, र वित्थडचिर गांउपालिका, जयपृथ्वी र बुङगल नगरपालिकाको तल्लो तटिय क्षेत्रमा लगाइएको सबै मकै फौजी किराले ध्वस्त पारेको बताए ।
सुरुमा मकैको गुवा पातमा खाएर जालो जस्तै बनाउने किराले पातमा बनाएको जालोमा हजारौंको संख्यामा फुल पार्ने र यसको लार्भाले मकैको गुवा, पात र कोमल डांठ पनि खाने गरेको जिल्ला कृषि ज्ञान केन्दका कार्यालयका प्रमुख टेक बहादुर विष्टले बताए ।
एकै पातमा हजारौको संख्यामा लार्भा जन्मिने भएका कारण यो किराले २/४ दिन मै सयौ हेक्टर जमिनमा लगाएको मकै सखाप पार्न सक्ने उनले बताए । ‘किरालागेको थाहा पाउने विक्तिकै विषादी छरिहाल्नु पर्छ’ उनले भने ‘धेरै छिटो फैलिने भएकोले यसले एकै दिनमा बाली सखाप बनाई दिन्छ’ दुर्गम क्षेत्रका किसानहरुलाई जिल्ला कृषि ज्ञान केन्दले समयमै जानकारी गराई सकेको र प्रत्येक पालिकामा किटनाषक औषधी वितरण गरी सकेकाले फौजी किरा प्रकोप नियन्त्रण गर्न सजिलो हुने विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *