खप्तड छान्नासहित ७ वटा पालिकाले सामाजिक सुरक्षा रकम पाउनेको नामावली सार्वजनिक गरेनन्

अर्थ बझाङ सुदुरपश्चिम

साइपालखवर सम्बाददाता
बझाङ । बझाङ जिल्लाका ७ वटा स्थानियतहले सामाजिक सुरक्षा बाफतको रकम तथा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको नामावली सार्वजनिक नगरेको पाहिएको छ । महालेखाले हालसालै सार्वजनिक गरेको २०७७÷२०७८ सालको प्रतिवेदनमा सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधी २०७५ अनुसार सामाजिक सुरक्षा पाउनेको नामावली अनुसुची १३ अनुसारको ढाँचामा सार्वजनिक गर्नु पर्ने रहेको भए पनि बझाङका ७ वटा स्थानियतहले उक्त व्यवस्थाको पालना नगरकोे पाहिएको छ ।

जसमा केदारस्युँ, तलकोट, खप्तडछान्ना, मष्टा, सुर्मा, साईपाल र छविसपाथिभेरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउनेहरुको विवरण वेभसाइडमा राख्नुपर्ने र यस सम्वन्धी सुचना एफ।एममा प्रचार प्रसार गर्नु पर्नेमा उक्त व्यवस्थाको पालना नगरेको पाहिएकाले उक्त व्यवस्थाको पालना गर्नुपर्ने महालेखाको प्रर्तिवेदनमा उल्लेख गरिएको छ ।

याे पनि पढ्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *