काठमाण्डौ – ३० वर्षकै उमेरमा सिडियो बनेर चर्चामा आएका नेपाल सरकारका उपसचिव सुरेस सुनारलाई नेपाल सरकारले प्रवल जनसेवाश्री पुरस्कारबाट विभुषित गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा नेपाल सरकारले सुनारलाई उक्त विभुषण प्रदान गरेको हो ।
सुनारले चार वर्ष अघी ७७ जिल्लाका सिडिओ मध्ये सबैभन्दा कान्छा सिडीओको रुपमा बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्ममेवारी सम्हालेका थिए । सुनार विकट जाजरकोटको विपन्न समुदायमा जन्मिएका एक मेघावी कर्मचारी हुन । तत्कालिन समयमा देशभरि प्रशासनिक सेवामा रहेका करिव नौ सय उपसचिवहरू मध्ये सबैभन्दा कान्छा उपसचिव पनि हुन् सुरेस । २९ वर्षको कलिलो उमेरमै उपसचिव बनेका सुरेसले बझाङ पछि डोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हालिसकेका छन ।
बझाङ जिल्लामा रहदा उनले अव्यवस्थित डोजरलाई नियन्त्रण गरेका थिए । जथाभावी डोजर संचालन गर्दा बाढी पहिरो लगायत विपतको जोखिम बढ्न थालेको, स्थानियको घर खेत र जिविका जोखिममा पर्न थालेको गुनासोका आधारमा डोजर नियमनको प्रयास थालेका सिडियो सुनार जिल्लाका नेताहरुको भने आ“खाको तारो भएका थिए । प्रशाशनले विना वातावरिण परिक्षण नियम विपरित चलाईएका डोजर नियन्त्रण गर्न थाले पनि डोजर संचालक स“ग प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बन्ध भएका नेताहरुले उनको सरुवाको लागि गृहमन्त्रालयमा पटक पटक डेलिगेसन गएका थिए । करिब ८ महिना बझाङको सिडीयोको जिम्मेवारी सम्हालेका सुनारलाई बझाङबाट सरुवा भएर जा“दा स्थानियले बाजागाजा सहित बजार परिक्रमा गराएर विदाई गरेका थिए ।
जनस्तरबाट यो सम्मान पाएर विदाई हुने सुनार बझाङ जिल्ला कै पहिलो सिडीयो हुन । बझाङमा रहदा उनले विकट साइपाल गाउ“पालिकामा पुगेर बर्षाै देखी नागरकिता नपाएका नागरिकहरुलाई नागरिकता वितरण गरेका थिए । साइपाल गाउ“पालिकामा पुग्ने पहिलो सिडीयो पनि सुनार नै हुन ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ सालघारी स्थायी घर भएका सुरेस बुवा केशव सुनार र आमा जया सुनारका जेठा छोरा हुन ।
२०६५ साल चैत्रमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय रोल्पामा अस्थायी करार उपसहायक पदमा जागिर पाएका सुरेसले २०६५ कै कार्तिकमा लोकसेवा आयोगवाट नायव सुव्वामा स्थायि नाम निकालेर जाजकोटमा गाविस सचिवको रुपमा पुगेका थिए ।
जागिरकै क्रममा क्याम्पस पढ्दै गरेका सुरेसले २०६८ सालमा समाज शास्त्र विषयमा स्नातक तहको पढाइ पुरा गरेर फेरि अधिकृतको तयारी सुरु गरे। २०६९ सालमा लोकसेवा आयोगवाट अधिकृत पास गरेर सोही वर्षको असोज १७ गते अधिकृत पदको नियुक्ती लिए। अधिकृत भएको दुइ वर्ष पछि जनप्रशासन र समाजशास्त्रमा स्नातकोत्तर गरेका सुरेसले अधिकृत भएको ६ वर्ष पछि २०७५ असार २७ गते २९ वर्षको कलिलो उमेरमै लोकसेवा आयोगले लिएको परीक्षामा उपसचिव पास गरेका थिए । लोक सेवा आयोगले लिएको उपसचिवको परीक्षामा खुल्ला, आन्तरिक र समावेसी सवै तर्फ लेखा, प्रशासन र राजस्व समुहमा एकै पटक नाम निकालेका सुरेसले सुरुमा अन्तरवार्ता प्रशासन समुहको भएकोले त्यसैमा सुरुमै नाम निकाले। ’गरिवी, भौगोलिक विकटता र आर्थिक अभावको पिरो अनुभव संगालेका सुरेस भविष्यमा आफनो लक्ष्य प्रशासनिक सेवाको नेतृत्वमा पुग्ने रहेको बताउ“छन ्।
हक्की र इमान्दार प्रशाशकको छवी बनाएका उनी युवाहरुले समालेको निजामति सेवा जनताले विश्वाश गर्न लायक हुनु पर्ने मान्यता राख्छन । देश र जनताको मात्र होइन आउने पुस्ताको समेत भरोसा युवा कर्मचारीहरुमा निर्भर हुने भएकोले आफनो उर्जा, समय र अवसरलाइ वदनाम गर्नु हुदैन भन्ने उनको अटल विश्वासलाई व्यवहारले प्रमाणित गर्दै आएका छन ।