साइपालखवर
बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका – ७ का वडा अध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाहिएको छ । मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडा अध्यक्ष लेखेको नेमपेलेड अगाडी राखेर वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको छ । उक्त कुर्सीमा बसी चुरोट तान्ने सोहि गाउँपालिकाको वडानम्बर ७ घरभएका केशब धार्मी रहेका छन् ।
धामी नेकपा माओवादी केन्द्रका वडाकमिटी अध्यक्ष तथा सुर्मा आधारभुत विध्यालय बुडखोरीका अध्यक्ष समेत रहेका छन् । यता वडा अध्यक्ष पदम मण्डेलले आफु काम विशेषले बाहिर रहेको र वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले यस विषयमा धामीलाई के भएको हो । भनेर बुझ्न खोज्दा आफुलाई पनि थाहा नभएको बताएका छन् ।’ कार्यबाहक वडाअध्यक्ष जहरे धामीले आफुलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सराएकाले सामान सराउने बेला कतै बसेको हुन सक्ने बताउनु भयो ।