नेपाली काँग्रेस १४ औं महाअधिवेशन – सुदुरपश्चिम प्रदेश प्रतिनिधीमा विरु शाहीको उम्मेदवारी

राजनीति सुदुरपश्चिम

कञ्चनपुर – नेपाली काँग्रेशको आसन्न अधिवेशनका लागि कञ्चनपुर तरुण दलका सदस्य विरेन्द्र शाही (विरु) ले सुदुरपश्चिम प्रदेशको प्रतिनिधीमा उम्मेदवारी घोषणा गरेका छन । कञ्चनपुर जिल्लाका लोकप्रिय तरुण नेता शाही उक्त पदका बलिया उम्मेदवार हुन ।
२०६० सालमा पुर्नवास जनता उच्च माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ इकाई कमिटीबाट काँग्रेसको राजनितिमा प्रवेश गरेका शाही हाल नेपाल तरुण दल कञ्चनपुरको जिल्ला सदस्यको रुपमा कार्यरत छन । शाहीले २०६२÷०६३ मा भएको दोस्रो जनआन्दोलनमा काठमाण्डौको विद्यार्थी मोर्चाको अग्रभागमा रहेर गणतन्त्रका पक्षमा आवाज उठाएका थिए ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १, बाट सभासद दिवानसिं विस्टलाई जिताउने अभियानमा उनले युवाहरुको नेतृत्व गरेका थिए । बेलौरी नगरपालिका १, निवासी शाही नेपाली काँग्रेस भित्र इमानदार र लगनशिल युवा नेताका रुपमा परिचित छन ।
शाहीले हाललाई प्रदेश महाअधिवेशन प्रतिनिधीको रुपमा उम्मेदवारी दिएको बताउदै प्रदेश समितिमा रहेर पार्टी संगठन बलियो बनाउने इच्छा रहेको बताए । उनले भने ‘१८ बर्ष देखी निरन्तर जिल्लामा पार्टी संगठन निर्माणको लागि काम गरें । अव प्रदेशको संगठनमा बसेर योगदान गर्ने चाहाना छ । त्यसैको लागि प्रदेश प्रतिनिधीमा उम्मेदवारी घोषणा गरेको हुुँ’ उनले प्रदेश प्रतिनिधीमा आफुले लोकप्रिय मतले विजयी हुनेमा ढुक्क रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *