सत्यराज सिंह
बझाङ । नेकपा एमाले जिल्ला कमिटी बझाङको ३२ औ बैठक विहिबार पार्टी कार्यालय पानकोटमा सम्पन्न भएको छ । बैठकले असोज २५ गते भित्र एमालेमा आवद संगठित सदस्यहरुलाई २०७८ चैत्र मसान्त सम्म लाग्ने शुल्क २ सय ६० लिई असोज २५ गते भित्र नविकरण सहित अध्यवधी गरिसक्ने निर्णय गरेको छ । साथै बैठकले असोज १५ गते देखी १७ गते सम्म ललितपुरको गोदावरीमा सम्पन्न हुने विधान महाअधिवेशनका लागी २३ जना छनोट गरेको छ । जसमा जिल्ला कमिटीका पदाधिकारी, जिल्ला समन्वय समितीका प्रमुख–उपप्रमुख, स्थानियतहका प्रमुख –उपप्रमुख, दलित महिला र अन्य क्षेत्रको प्रतिनिधित्व हुने गरी विधान संशोधन महाअधिवेशन प्रतिनिधी चयन गरेको छ ।
यसका साथै नेकपा एमालेबाट विजयी भएर नेकपा एकिकृत समाजबादी पार्टीमा गएका २६ जनालाई साधारण सदस्ता समेत नरहने गरी निष्कासनको कारबार्ही गरेको छ । नेकपा एमालेबाट नेकपा एकीकृत समाजबादी पार्टीमा लागेका सुदुरपश्चिम प्रदेश सभाका सांसद १ जना, गाउँपालिका अध्यक्ष १ जना, गाउँपालिका उपाअध्यक्ष १ जना, वडाअध्यक्ष ५ जना र वडा सदस्य १८ जना गरी जम्मा २६ जनालाई विहिबार बसेको नेकपा एमाले जिल्ला कमिटी बझाङको ३२ औ बैठकबाट कारबार्ही गरिएको छ ।
जिल्लाका ९४ वडाका लागी उत्प्रेरकहरु चयन गरी पार्टीको कामकाजमा खटाईएको र आगामी कार्तिक ६ र ९ गते हुने वडा तथा स्थानियतहको अधिवेशन सम्पन्न गर्ने, गाउँ तथा वडाकमिटीका बैठक, भेलाहरु सम्पन्न गर्ने कार्ययोजना सहित बैठक सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष अफिलाल ओखेडाले बताउनुभयो । बैठकमा नेकपा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कर्ण बहादुर खड्का, जनकराज जोशीको समेत उपस्थिती रहेको थियो ।