रोजगार संयोजकमा ५२१ उत्तीर्ण

समाचार

काठमाडौं । युवालाई आफ्नै ठाउँमा रोजगार बनाउने उद्देश्यले शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७५३ मध्ये ५२१ जना रोजगार संयोजकको नतिजा प्रकाशित भएको छ । 

हरेक स्थानीय तहमा रहने रोजगार संयोजकका लागि सरकारले यसअघि आवेदन आह्वान गरी परीक्षा लिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको हो ।

सातै प्रदेशका हरेक स्थानीय तहमा रहने गरी ७५३ जना रोजगार संयोजक माग गरिए पनि ५२१ जना मात्रै छानिएका मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिएका छन् । सर्टलिस्ट गरिएकामध्ये कम्प्युटर प्रणालीबाट २५ अंकभन्दा कम ल्याउनेहरू असफल भएका छन् । अधिकांश युवाहरु कम्प्युटरको सीप परीक्षामा अनुत्तीर्ण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *