नेपाली काँग्रेसको जिल्ला अधिबेशनमा १४ सयबढी मत खस्यो

बझाङ राजनीति समाचार

रिदम सिंह
बझाङ । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्र्तगत ८ औ जिल्ला अधिबेशनको लागी आज निर्वाचन भएको छ । बझाङ जिल्लाको नयाँ नेतृत्व चयन गर्नका लागी नेताहरुवीच सहमती नजुटेपछी आज नेपाली काँग्रेस जिल्ला कार्य समितीको नयाँ नेतृत्वका लागी निर्वाचन गरिएको हो ।
जिल्लामा देउवा पक्ष कै दुइवटा प्यानलवीच चुनावी प्रतिष्पर्धा भएको छ । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधी निकट मानिने तल्कालिन खेलकुद राज्य मन्त्री नरेश बहादुर सिंह र आर्जु राणा देउवा निकट मानिने पृथ्वी बहादुर सिंहको प्यानलबाट रमेश भण्डारी सभापतीको उम्मेदार रहेका छन् भने तत्कालिन परराष्ट्र राज्य मन्त्री अर्जुनजंग बहादुर सिंह, सत्यराज भण्डारी र पुर्व मन्त्री सुरेश मल्लको प्यालनबाट खडक बहादुर खड्का सभापतीको उम्मेदार बन्नु भएको छ ।
पुर्व मन्त्रीद्धय नरेश बहादुर सिंह, अर्जुन बहादुर सिंह र पूर्व जिल्ला सभापति सिंह देउवा पक्षको भएपनि अर्जुनजंग बहादुर सिंहले पौड्याल पक्षका नेताहरु सँग सहकार्यगरी बोहरालाई उम्मेदार बनाउनु भएको छ । यस अघी असोज १७ गते हुने भनिएको निर्वाचन अन्तिम चरणमा आएर स्थगित भएको थियो । निर्वाचन गराउन भनेर जिल्ला आएका निर्वाचन अधिकृत चेतराज भट्ट निर्वाचनको अघिल्लो दिन शुक्रबार राती १२ बजेवाट सम्पर्कविहीन भएपछी निर्वाचन २१ गतेका लागी सारिएको थियो ।
यसैवीच आज भएको निर्वाचनमा १ हजार ४ सय ५ जना सहभागी भएका छन् । जिल्ला अधिबेशनका लागी १ हजार पाँच सय ९८ जना प्रतिनिधी रहेकोमा १९३ जना अनुपस्थित रहेका छन् । अपरान्ह ५ वजे मतदान पक्रिया सकिएपछी मतगणनाको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *