विपदले बझाङमा गरेको क्षेतिका बिषयमा खाध्य र मानव अधिकारसंग सम्वन्धित संस्थाद्धारा सरकारको ध्यानाकर्षण

बझाङ सुदुरपश्चिम

साइपालखवर

बझाङ। बझाङ जिल्लामा बाढि र पहिरोबाट मानविय तथा धनजनमा भएको क्षेतिको बिषयलाई लिएर बझाङ जिल्ला स्थित खाध्यअधिकार र मानव अधिकारसंग सम्वन्धित संघ संस्थाहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारि गरी सरकारको ध्यानाकर्षण गराएको छ । संयुक्त प्रेस विज्ञप्तीमा बेपत्ता व्यक्तिहरूको खोजिकार्य तिव्र गर्नुपर्ने, मृतक परिवारलाई राहातका साथै घर क्षेति भएकाहरूको पुनरस्थापना र प्रभावित पिडित परिवारहरूको राहातका लागि सरकार तथा सम्वन्धित निकायले तत्काल काम अगाडि बढाउन विज्ञप्तीमा जोड दिएको छ । साथै जिल्लामा अवरूद्व भएको सडक र विधुत सुचारू गर्नुपर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै जिल्लालाई विपद ग्रस्त क्षेत घोषणा गरि सरकारले काम अगाडि बढाउनुपर्ने पनि विज्ञप्तमा उल्लेख गरिएको छ ।
संयुक्त विज्ञप्तीमा फियान नेपालको समन्वयमा जिल्ला खाध्य अधिकार संजाल, इन्सेक, महिला अधिकारमंच, संचारकर्मीका साथै जिल्ला स्थित मानव अधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारि संस्थाका प्रतिनिधिहरूको पनि संयुक्त हस्ताक्षर रहेकोछ । उक्त टोलिले आइतबार जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारिलाई समेत ज्ञापन पत्र बुझाउने कार्यत्रम रहेको खाध्यअधिकार संजाल बझाङका संयोजक जगदिस रोकायाले जानकारि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *