बझाङमा पछिल्ला तीन वर्षमा ८१ जनाले आत्माहत्या गरे

बझाङ समाचार सुदुरपश्चिम

मकरराज धामी

बझाङ । बझाङमा आत्महत्यादर डरलाग्दो रूपमा बढ्न थलेको छ । पछिल्लो २४ घण्टामा मात्र दुई जनाले आत्माहत्या गरेका छन । सदरमुकाम नजिकै सेती नदीमा हाम फालेर जयपृथ्वी नगरपालिका १० का २८ बर्षिया नवीन सुनार र सुर्मा गाँउपालिका घर कि १९ वर्षकी सिमा कुमारी बोहराले आत्माहत्या गरेका छन । आत्माहत्याको कारण खुल्न नसकेको र बेपत्ता भएका उनीहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए ।

उनले भने ‘हिजो शुक्रवार विहान १० बजे तिर नविन सुनारले र आज शनिवार विहान १० बजे तिर सिमा कुमारी बोहराले सेतीनदीमा हाम फालेर आत्महत्या गरेका छन ।‘ चालु आर्थिक बर्षको साउन यता मात्र १५ जनाले आत्माहत्या गरेको खडकाको भनाई छ । ६ महिला, १ बालिका
बझाङमा पछिल्लो तीन वर्षमा ८१ जनाले आत्माहत्या गरेका छन । आत्महत्या गर्नेमा पुरुष भन्दा महिला बढी छन् । महिलाले आत्महत्या गर्नुको कारण आफूमाथि हुने अन्यायलाई प्रतिरोध गर्न नसक्नु रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार झुण्डिएर, विष सेवन गरी र नदीमा हाम फालेर पछिल्लो तीन बर्ष यता ३८ महिला, १२ बालबालिका र ३१ पुरुष गरी ८१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षको साउन महिना यता मात्र ९ महिला, १ बालबालिका र ५ पुरुषले आत्माहत्या गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *