रिदम सिंह
बझाङ: प्रदेश सरकारले सुदूरपश्चिममा बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ । हेलिकोप्टरमार्फत प्रदेश सरकारले तीन पहाडी जिल्ला डोटी, बैतडी र बझाङमा राहात वितरण गरेको छ । राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायतका स्वास्थ्य सामग्री छन । तर प्रदेश सरकारले वितरण गरेको राहात न्युन मात्रामा भएकाले नौटंकि भएको पिडीतहरुको भनाई छ ।
बझाङमा बाढीपहिरोले सबै भन्दा ठुलो मानविय क्षति थलारा गााउपालिकामा भएको छ भने सबै भन्दा बढी भौतिक क्षति खप्तडछान्नामा भएको छ । खप्तडछान्नामा सयौ रोपनी खेती योग्य जमिन बगाएको छ । खेतमै काटेर सुकाउन लागेको धान र काट्न बाँकी रहेको धान सहितको खेत बगाए पछि छान्नावासीमा भोकमरी हुने चिन्ताले सताएको छ ।
प्रदेश सरकारले सेनाको हेलिकप्टर मार्फत जिल्लाका बाढी तथा पहिरो विस्थापित क्षेत्रमा राहात वितरण गरेको जनाएको छ । खप्तडछान्ना गाँउपालिकाले बाढीपहिरोले पु¥याएको क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको छ । अहिलेसम्म खप्तडछान्नाको कालुखेतीमा ९, गडरायमा ४ र पाटादेवलमा १० परिवार घरवारविहिन भएका छन । उनीहरुको घर बाढीपहिरोले लगेर नामोनिसाना केहि छैन । अन्य ६० परिवारको घर जोखिममा भएकाले घरमा बस्न नसकि आफन्तकोमा बस्दै आएका छन । विपदमा परेर ६ जनाले ज्यान गुमाएका छन । विस्थापित भएकाहरु अहिले गाँउकै विद्यालयमा आश्रय लिईरहेका छन । शनिवार प्रदेश सरकारले खप्तडछान्नाका लागी ५ क्वीन्टल चामल सहित नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायतका स्वास्थ्य सामग्री दिएको छ । उक्त हेलिकप्टरले शनिवार नै थलारामा पनी राहतका सामाग्री झारेको थियो ।
राहात सामाग्री अहिले वडा कार्यालयमा राखिएको छ । विस्थापित परिवार बढी र राहात कम भएकाले कस्लाई दिन कस्लाई नदिने भनेर समस्या भएको वडाध्यक्ष किरण गिरीले बताए । उनले भने प्रदेश सरकारले राहत त दियो तर एकदमै न्युन छ । राहात कम भएकाले बाँडन सकिएको छैन । गाँउपालिकाका वडाध्यक्षहरु बसेर छलफल गरि मृतकका परिवार र घरबारविहनिलाई मात्र दिने भन्ने निर्णय गरेका छौ । राहात प्याकेज एक हप्ताका लागी भनेको छ ।
तर यताको अवस्था हेर्दा पुग्दैन हामीले भोली राहात वितरण गर्ने भएका छौ’ बाढीपहिरोले क्षति पु¥याएको क्षतिको निरीक्षणकालागी मुख्यमन्त्री सहितको टोली बझाङ आउने भएकाले थप राहातका विषयमा छलफल गर्ने उनको भनाई छ ।
प्रदेश सरकारले राहात वितरणका नाममा नौटंकि गरेको खप्तडछान्नाका उत्तम रोकायाले बताए । उनले भने ‘पिडितको विवरण संकलन भएकै छैन । सस्तो लोकप्रियताका लागी अन्धाधुन्दा राहात ल्याएर आए । तर यो राहात विस्थापित भएकाहरुका लागी एक छाकपनि पुग्दैन । सात लाखको हेलिकप्टर चार्टर गरी ५ क्वीन्टल चामल दिनु भन्दा यतै बाट किनेर दिएको भएनि हुने । प्रदेश सरकार पिडितलाई राहात दिने भन्दा पनि सस्तो लोकप्रियतामा लागेको छ । पाँचक्वीन्टलका लागी त्यत्रो हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था नै थिएन ।’ सडक अवरुद्ध भएकाले बाढीपीडितलाई राहत वितरण गर्न समस्या भएको उनको भनाई छ ।
आज मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले बझाङको थलारा र खप्तडछान्ना, बैतडीको ढुङगाड र डोटीका प्रभावित क्षेत्रका स्थानियसंग भेटघाट गर्ने भएका छन ।