बिपद पिडितलाइ सहयाेग गर्न थलारा गाउँ पालिकाे अपिल

अर्थ बझाङ समाचार

शिवजी मण्डेल

बझाङ । बेमौसमी अविरल वर्षाका कारणले बझाङको थलारा गाउँपालिकामा भएको ठूलो मानवीय र भौतिक क्षतिको राहतका लागि गाउँपालिकाको आर्थिक श्रोतले मात्रै अभाव हुनेभन्दै गाउँपालिकाले सहयोगका लागि अनुरोध गरेको छ।

गत कार्तिक १ गते आइतबार बेलुकीदेखिको अविरल वर्षाका कारणले थलारा गाउँपालिकामा ठुलो मानवीय र भौतिक क्षति भएको र गाउँपालिकाको आर्थिक श्रोतले पनि अभाव हुनेभएकोले बाढीपहिरो पीडितलाई राहत सहयोग गर्नका लागि सरकारी गैरसरकारी संस्थाहरू उद्योगपति व्यापार व्यवसायी बुद्धिजीवी कर्मचारी स्वदेश तथा विदेशमा रहनु भएका ईच्छुक व्यक्तिहरूमा गाउँपालिकाले सोमबार एक सूचना मार्फत अनुरोध गरेको हो ।

अविरल वर्षाले गाउँपालिकाको वडा नम्बर ४ डिख्लामा २३ जनाको ज्यान जानेगरि मानवीय क्षति हुनुका साथै पालिका भरिका ९ वटै वडाहरूमा भौतिक क्षति भएको छ भने सडक तथा बाटोघाटो अवरुद्ध भएको छ ।
बेमौसमी वर्षाले निजी तथा सार्वजनिक जमिन विद्यालय खानेपानी मठमन्दिर निजी तथा सार्वजनिक भवनहरू बिजुलीका नहरहरू पूर्णरूपमा क्षति भएका सूचनामा भनिएको छ ।
सहयोग गर्ने सहयोग दाताहरूलाई यस गाउँपालिकाको कुमारी बैंक लिमिटेड थलारा शाखामा रहेको प्रकोप कोष खाता नम्बर १८४०१०२६१२३०००२३ जम्मा गरि गाउँपालिकालाई समेत जानकारी गराइदिन हुन गाउँपालिकाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *