हुलाक बचत बैङ्कका बचतकर्ताद्धारा सरकारलाई ज्ञापन पत्र

बझाङ समाचार

साइपालखवर 

बझाङ । जिल्ला हुलाक कार्यालय बझाङ मार्फत संचालन भएको हुलाक बचत बैङ्कमा बचतकर्ताहरुले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । हुलाक बचत बैङ्कमा आफुले बचत गरेको रकम २ बर्ष देखी नपाएको भन्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी मार्फत बचतकर्ताहरुले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख तथा केहि कर्मचारीको मिलोमतोमा बैङ्कमा बचत गरेको करिब ५ करोड रुपैयाँ हिनामिना गरेको र अक्तियारमा समेत मुद्धा परेको र हाल हुलाक बचत बैङ्कमा कारोबार बन्द भएकाले झन्डै १७ सय बचतकर्ताहरुले रकम नपाएको भन्दै शुक्रबार बचतकर्ताहरुले सम्वन्धीत निकायमा पहल गरिदिन आग्रह गर्दै, संघर्ष समितीले ज्ञापन पत्र बझाएको हो ।
आफुहरुले खाइनखाई बैङ्कमा जम्मा गरेको रकम आफुहरुले नपाउदा संघर्ष समिती गठन गरी आन्दोलनका कार्यक्रम अगाडी बढाउन बाध्य भएको हुलाक बचत बैङ्कको बचत रकम नपाएका पिडित बचतकर्ताहरुको संघर्ष समितीका संयोजक खडक बोहराले बताए । संघर्ष समितीले दिएको उक्त ज्ञापन पत्र सम्वन्धीत निकायमा पठाउनका लागी आफ्नो पहल रहने समेत प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *