लेकगाउ स्वास्थ्य चौकि भयो किशोर किशोरी स्वास्थ्य सेवा प्रमाणिकरण स्वास्थ्य संस्था

बझाङ समाचार स्वास्थ्य / जीवन शैली

साइपालखवर
बझाङ । जिल्ला छविसपाथिभेरा गाउँपालिका वडा न ६ स्थित लिकगाउ स्वास्थ्य चौकी किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा संस्था प्रमाणिाकरण भएको छ । राष्ट्रिय किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमले निर्दिष्ट गरेको गुणस्तर अभिबृदी तथा प्रमाणिकरण निर्देशिका २०७२ अनुसार न्यनतम मापदण्डको ९८% हासिल गरेर उक्त स्वास्थ्य चौकी किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा संस्था प्रमाणिाकरण भएको हो । न्युनतम् मापदण्ड पुरा गरेपछी स्वास्थ्य चौकी कार्यक्रमकावीच किशोरकिशोरि मैत्री स्वास्थ्य सेवा सन्चालन गर्न सफल भएको हो ।
किशोर्किशोरी यौन तथा प्रजनन स्वास्थ्य, यौनावस्थामा हुने शारीरिक र मानशिक परिबर्तन, जिवन उपयोगि सीप सम्बन्धि परामर्श, परिवार नियोजन, पोषण र सरसफाइ, धुम्रपान, लागुपदार्थ, बाल बिबाहका प्रत्यक्ष असरबारे जनकारी गराइएको थियो । यस्तै अस्थायी साधनको प्रयोग सम्बन्धी परामर्स, आकस्मिक गर्भनिरोधको सेवा, गर्भवती जाँच, नबजात शिशु स्याहार परामर्श सेवा, प्रेसण सेवा, प्रजनन अंगहरुको संक्रमणको परामर्श र केहो सेवा, सामन्य स्वास्थ्य समस्याहरुको उपचार सेवा, रजस्वलाको बारेमा परामर्श, महिनावारी स्व्च्वता र ब्यवस्थापन, अवसरबादी रोगहरुको बरेमा जानकारी दिइएको हो ।
स्वास्थ्य चौकी प्रमुख देउपाल जप्रेलको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा परिवार कल्याण महाशाखा काठमाडौका बिस्नु सापकोटा रहनु भएको थियो भने बिशिस्ट अतिथी परिवार कल्याण महाशाखा कै तुलसा अधिकारी र स्वास्थ्य कार्यलय बझाङ जन स्वास्थ्य निरीक्षक तिर्थ राज भट्ट रहनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *