रेडियोको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

बझाङ समाचार

साइपाल खवर
बझाङ । रेडियोको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुचाँैडी नगरपालिका – ८ लामुनिका वर्ष १६ का सत्यप्रकाश जोशी रहेका छन् । जोशीलाइ शनिबार बझाङको रायल प्रहरी चौकीको टोलीले बैतडीको पुचौडी नगरपालिका बाट पक्राउ गरेको हो । दार्चुलाको रेडियो लिपुलेक लगायत बझाङ जिल्लाका रेडियोहरुको नाम लिदै म रेडियोको कर्मचारी हुँ भन्दै विज्ञापनको पैसा उठाउदै आईरहेको थाहा पाएपछी बझाङको देउरा बजारमा रहेको रेडियो केदारले आफ्ना बार्षिक ग्राहकबाट पैसा असुलेको मोवाईल मार्फत थाहा पाएपछी प्रमाणका आधारमा रेडियो केदारले रायल प्रहरी चौकी देउरा बझाङमा उजुरी दर्ता गराएपछी ।
सोहि उजुरीको आधारमा रायल प्रहरी चौकीले शनिबार साँझ पक्राउ गरेर बझाङ ल्याएको रेडियो केदारका अध्यक्ष धनराम बोहराले बताउनुभयो । जोशीले व्यापारिहरुलाई फोन गर्दै आफु रेडियोको कर्मचारी रहेको र पसलको विज्ञापन बजाई दिने भन्दै फोन गरेर पैसा असुलेको बुझीएको छ । जोशीलाई रायल प्रहरी चौकीले पैसा अशुल घरी घरपरिवारको जिम्मा लगाएकोे रायल प्रहरी चौकीका असई धन सिह बडालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *