सत्यराज सिंह,
बझाङ । औपचारिक सेवा केन्द्र इन्सेकको आयोजना तथा फियान नेपाल, युएमएन कलष्टर र प्रगतिशिल युवासमाजको आर्थिक सहयोगमा जिवन मर्यादा समानता र स्वतन्त्रताको अधिकार, दिगो शान्ति समृर्दिको आधार भन्ने मुल नाराका साथ ७३ औँ अन्तराष्टिय मानव अधिकार दिवस मनाइएको छ । सेवा केन्द्र इन्सेकले मानव अधिकार बर्ष पुस्तकको लागी बझाङ जिल्लामा घटेहका असार देखी असोज सम्मका घटनाहरुको बारेमा जानकारी गराएको छ । उक्त घटनाहरु जानकारी गराउदै कतिपय घटनाहरु दोहोरिएको र आफुहरुले कारागारमा रहेका कैदिबन्दीहरु क्षमता भन्दा बढी भएकाले बारम्बार उक्त कुरा उठान गरेपनी कसैले चासो नदिएको जानकारी गराएको थियो ।
कार्यक्रममा फियान नेपालकी कार्यक्रम संयोजक सिता सिंहले असोज ३१ गते देखी कार्तिक २ गते सम्म परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले खाध्य क्षत्रमा पारेको प्रभावको बारेमा जानकारी गराउनुभएको छ । उक्त कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले नगरपालिकाको न्यायिक समितीमा आएका घटनाहरुको बारेमा जानकारी गराउनुभएको छ । न्यायिक समितीमा पहिलेको भन्दा यो साल कम घटनाहरु आएको समेत बताउनुभएको छ । समितीमा खान लाउन नदिएको, जग्गाको विवाद र घरायसी विवादका कुराहरु आउने गरेको र त्यसमा दुबै पक्षसंग छलफल गरेर मिलापत्र गरी घर पठाउने गरेको बताउनुभएको छ ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले र निमित प्रमुख जिल्ला अधिकारी रामराज गौतमले अधिकारको पालना संगसंगै कर्तव्य पनि पुरा गर्नुपोर्नमा जोड दिनुभएको छ । जयपृथ्वी नगरपालिका प्रमुख विरेन्द्र बहादुर खड्काले भने कारागारको भवन र्निमार्णमा आफुहरुले संम्वन्धीत निकाय संग समन्वय गर्ने र मानवअधिकार उल्लङगनका घटनाहरु न्युनिकरण गर्न आफुहरु सदैव लागी पर्ने बताउनुभयो ।