थलारा गाँउपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तर

समाचार

सत्यराज सिंह

बझाङ । युनाईटेड मिसन टु नेपाल युएमएन र प्रगतिशिल युवा समाजले थलारा गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोे छ । थलारा गााउपालिकाको कार्यालयमा आज एक कार्यक्रमका विच प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले गाँउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायलाई गाँउपालिकामा रहेका सबै स्वास्थ्य संस्थालाई पुग्ने गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । दातृ निकाय कोर्डेट र मिसन कारा को सहयोगमा कोभिड १९ स्वास्थ्य सुरक्षा सम्बन्धि स्वास्थ्य सामाग्री तथा उपकरण वितरण कार्यक्रम अन्र्तगत उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको युएमएन का परियोजन संयोजक ईन्दीरा राईले बताउनु भयो । गाँउपालिकाका रहेका स्वास्थ्य संस्थाहरुले माग गरे अनुसारका विभिन्न स्वास्थ्य सामाग्री पालिकाका १० वटै स्वास्थ्य संस्थालाई पुग्ने गरि हस्तान्तरण गरिएको राईको भनाई छ । थलारा गाँउपालिकामा रहेको स्वास्थ्य संस्थाले माग अनुसार सेन्सर सेनिटाईजर, स्टेक्चर, नेवुलाईजर मेसिन, मास्क, सेनिटाईजर, हस्पिटल वेड, अक्सीजन कन्सनटेटर, डेलिभरी वेड, पीपीई सेट वासेवल र नन वनसेवल, फुट स्टेप, आईजी स्टयान्ड, पेरिलाईट, तीन खालको डस्टविन, वेवी वारर्मर सोलार सेट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै गााउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले युएमएन र प्रगतिशिल युवास समाजले साझेदारीमा गरेका काम प्रभावकारी भएको बताउदै स्वास्थ्य सामाग्रीले थलाराका स्वास्थ्य संस्थाको सेवा थप प्रभावकारी हुने बताउनु भयो । प्रगतिशिल युवा समाजले विभिन्न परियोजना मार्फत शिक्षा, स्वास्थ्य, आर्यआर्जनको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेकाले गााउपालिकालाइृ प्राप्त स्वास्थ्य सामाग्रीले थप सहजता ल्याउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *