रिदम सिंह, पुष २६ बझाङ ।
वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र प्रगतिशिल युवा समाज बझाङको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य सबलिकरण परियोजना अन्र्तगत दुइवटा स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तरण गरेको छ । जयपृथ्वी नगरपालिकाको वडा नं. ११ को आधारभुत स्वास्थ्य सेवा केन्द्र थानाचौर जगलढुँगामा र जयपृथ्वी नगरपालिका वडा नं. ३ मा रहेको हेमन्तवाडा स्वास्थ्य चौकी लाई सामग्री हस्तान्तरण गरिएको हो ।
दुबै स्वास्थ्य संस्थालाई २ हजार २ सय ५० थान मास्क, ५ सेनिटाइजर, १००० तान ग्लोप्स, ४० तान फेस सील्ड, ४० पीपीइ सेट, १४ साबुन, २ पानी छान्ने फिल्टर दिइएको हो । यस्तै १ वटा टेबल, १५ वटा कुर्सी लगाएतका १ लाख ७२ हजार ९ सय ९८ रुपैया बराबरको साम्रर्गी बितरण हस्तान्तरण गरिएको हो ।