सत्यराज सिंह,बझाङ ।
बझाङको थलारा गाउँपालिकामा ३ दिने दुग्ध संकलन तथा मेनी डेरी तालिम सम्पन्न भएको छ । प्रगतिशील युवा समाजको आयोजनामा र युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सञ्चालित ३ दिने दुग्ध संकलन तथा मेनी डेरी तालिम शनिबार सम्पन्न भएको हो ।
प्रवासबाट फर्केका युवा तथा तिनका परिवारलाई गाउघरमै रोजगारीको सृजर्ना गर्नका लागि दुग्ध संकलन तथा मेनी डेरी तालिम दिइएको संस्थाले जानकारी दिएको छ । तीन दिनसम्म चलेको तालिममा लसि, पनिर, रसबरी लगायतका दुधबाट बन्ने परिकारहरू बनाउने तरिका सिकाइको थियोे । थलारा गाउँपालिका भित्रका १४ जनाले उधमीहरुलाई उक्त तालिम दिएको छ । उक्त तालिमको प्रशिक्षण डाक्टर शिव श्रेष्ठले गर्नुभएको थियोे, भने तारा प्रसाद ओझाले र प्रेम ओलीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।