शुसिल विष्ट, बझाङ । सुदुरपश्चिम समाज कोरियाद्धारा बझाङ्गमा राहत वितरण गरिएको छ । बझाङ्गको थलारा गाउँपालिका, वित्थड चिर गाउँपालिका , छविसपाथिभेरा गाउँपालिका र खप्तडछान्ना गाउँपालिका मा २ लाख २४ हजार बराबरको नगद रकम हस्तान्तरण गरिएको हो ।
गत असोज ३१ देखि कात्र्तिक ३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहतस्वरुप उक्त रकम हस्तान्तरण गरिएको शिल्ड नेपाल धनगढीका बोर्ड सदस्य भुपेन्द्र कुमार थापाले जानकारी दिए । राहतको लागि कोरीया समाजका अध्यक्ष यज्ञमान नायक र राहत संकलन संयोजक विर बहादुर पालले बझाङ्गका ३२ जनालाई राहत स्वरुप उक्त रकम पाठाएका थिए ।
राहत स्वरुप प्राप्त उक्त रकम वित्थडचिर गाँउपालिका, थलारा गाँउपालिका र छविस पाथिभेरा गाँउपालिकाका पीडितहरुलाई वितरण गरिसकेको छ भने, खप्तडछान्ना गाँउपालिकाका पीडितहरुलाई शुक्रवार वितरण गरिने भुपेन्द्र कुमार थापाले जानकारी दिए ।