रिदम सिंह, बझाङ । प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यनवयन इकाइ आलु जोन बझाङले जिल्ला स्थित पत्रकार तथा सरोकारवालाहरुसँग अन्र्तक्रियात्मक कार्यक्रम गरेको छ । आलु जोन मार्फत भएको प्रगती तथा आगामी रणनितकिो बारेमा आज सरोकारवालाहरुसँग समिक्षा गरिएको हो ।
परियोजनाले आलु, सिमी र सुन्तला जातमा जिल्लालाई आत्म निर्भर बनाउने तथा बझाङको आलुलाई जिल्ला बाहिर पठाउने, आलुलाई बजारीकरण गर्ने लक्ष्य लिएको परियोजना जिल्ला अधिकृत सविता जोशीले बताउनु भयो । बझाङ जिल्लाको भौगोलिक वनावट तथा हाबापानी अनुसार चार पटकसम्म आलुखेती गर्न सकिने उहाँले बताउनु भयो । सरदकालिन आलु भदौ असोजमा, हिउदे आलु माघ, बर्खे आलु फागुन चैत्रमा लगाउन सकिन्छ । यदी जिल्लाका किसानहरुलाई आलुखेती तर्फ साच्चिकै आकर्षण गर्न सक्ने हो र आलुको बजारीकरण गर्न सकेको खण्डमा जिल्ला आलुवाट नै समृद्ध हुने जोशीले बताउनु भयो ।
जिल्लामा आलुको उत्पादनको अवस्था राम्रो भएपनि किसानहरुले उचित समयमा आलु नलाउने, पुरानै विउको प्रयोग गर्ने, मल तथा सिचाँइको अभाव भएका कारण आलु उत्पादनमा गिरावट आएकोछ । उच्चतम् प्रविधी र सहि समयमा आलुखेती गर्ने हो भने बझाङ जिल्लाको आलुले जिल्लामा मात्र नभइ बाह्य जिल्लाको माघलाई पनि धान्न सक्ने जोनको अनुमान रहेको छ। आलु उत्पादनपछी भण्डारणका लागी कोल्डस्टोर नभएका कारण पनि किसानहरुको आलुलाई लामो समय भण्डारण गर्न समस्या भएको जोशी बताउनु भयो । बझाङमा उत्पादित आलुलाई उचित ठाँउमा भण्डारण गर्नका लागी डडेल्धुरा वा कैलाली पठाउनु पर्ने बाध्यता रहेको छ ।
अहिले आलुजोन बझाङ अन्र्तगत अहिले जिल्लाको तल्कोट गाँउपालिका वडा नं. १, २, ६ र ७, सुर्मा गाँउपालिकाका सवै वडाहरु, जयपृथ्वी नगरपालिकाको १, ३, ४, ७, ९ र ११, खप्तड छान्ना गाँउपालिकाको ४, ५ र ७, छविस पाथिभेरा गाँउपालिकाको १,२, ५, ६ र ७, मष्टा गाँउपालिकाको १, २ र ७, दुर्गाथली गाँउपालिकाको १ र २, केदारस्यू गाँउपालिकाको १ र ४ गरी ३० वटा वडामा आलुजोन संञ्चालन भइरको छ । त्यस्तै छविस पाथिभेरा गाँउपालिका ५, तल्कोट गाँउपालिकाको १, २, जयपृथ्वी नगरपालिकाको ११, सुर्मा गाँउपालिकाका सवै वडाहरु गरी ९ वटा वडामा सिमी जोन क्षेत्र संञ्चालन गरिएको आलुजोन बझाङले जनाएको छ । परियोजनाले काम गर्ने जिल्लाका सवै क्षेत्रहरुका लागी भन्दै आर्थिक वर्ष २०७८।०७९ मा ३ करोड, १६ लाख, २० हजार वजेट विनियोजन भएको आलुजोन बझाङका नायव प्राविधिक सहायक कुम्भराज रोकायाले जानकारी दिनु भयो ।