सत्यराज सिंह बझाङ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला पार्टी सहइन्चार्ज ऐन महरले समाज रुपान्तरण र समग्र विकास महिलाहरुको सशक्तिकरण र आत्मनिर्भरताबाट मात्रै सम्भव भएको बताउनुभयो ।
उक्त कामका लागी महिलाहरुले शिक्षामा जोड दिएर साक्षर मात्र नभएर शिक्षित र आर्थिक रुपमा परनिर्भर नभई आत्मनिर्भरमा जोड दिएर लैंगकि विभेद र महिला माथी हुने सबै प्रकारका हिंसा अन्त्य गरेर सामाजिक न्याय सहितको समतामुलक समाज निर्माण गनिनु पर्ने समेत महरले बताउनुभयो ।
यसका लागी कसैको विरोध नगरेर महिला पुरुषले हातेमालो गरेर अगाडी बढ्नुपर्ने समेत महरको भनाई रहेको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रीय महिला दिवसको सन्दर्भमा शुभकामना दिदै महरले नेकपा एमाले सरकारमा रहदाँ देखी नै महिलाको सम्पूणर् अधिकार सुनिश्चित गरेको समेत स्मरण गराउनु भएको छ ।