साइपाल खवर, बझाङ । नेपाल बुदिजीवी परिषद बझाङको ५ औं जिल्ला अधिवेशनले राजेन्द्र प्रसाद जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार नेकपा एमाले पार्टी कार्यालय पानकोटमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुरेश हमाल, सचिवमा भानुभक्त जोशी, सहसचिवमा मिना नेपाली, कोषाध्यक्षमा शान्तराज जोशी चयन भएका छन् ।
सदस्यमा शेर बहादुर ओली, कमल सिंह धामी, बम बहादुर बोहरा, जनक रोकाया, मान बहादुर रावल, जयवहादुर बोहरा, कविता जोशी र देव बहादुर खड्का लगायत नेपाल बुदिजीवी परिषद बझाङको जिल्ला कमिटी सदस्यमा निरविरोध चयन हुनुभएको छ ।