माओवादी-समाजवादी शीतका थोपा हुन् सुर्य उदाउनेवितिकै विलाउँछन् : एमाले नेता ऐन महर

राजनीति समाचार

सत्यराज सिंह, बझाङ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्र्चाज ऐन महरले नेपालि काँग्रेस एमालेसँग एक्लै चुनाव लड्न डराएको बताएका छन् । विहिबार नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाले बोलेको कुरालाई काउन्टर दिदै महरले माओवादी लगाएतका पार्टीहरु उहिले नै एमालेसंग एक्लै चुनाव लड्न डराएको थिए । अहिले नेपाली काँग्रेस पनि डराइ सकेको छ । काँग्रेसले पनि गठबन्धन विना चुनावि मैदानमा नजाने बताइ रहँदा एमाले झन वलियो भएको छ । महरले भने, ‘नेकपा एमालेले टोल, वडा, स्थानियतह र जिल्ला तहमा मजबुत कमिटी निर्माण गरेको खबर पाए पछी नेकपा एमालेसंग एक्लै चुनावमा लड्न डराएर काँग्रेसले गठबन्धन नछोड्ने घोषणा गरेको हो ।’
‘एमालेबाट चोइटिएर समाजवादी भएपनि पार्टीलाई कुनै घाँटा नभएको र त्यो भन्दा बढी माओवादीबाट एमालेमा आएकाले नेताहरुले फाइदा फाइदा पुगेको छ । माओवादी र समाजवादी सितको थोपा जस्तै हुन । सुर्य उदाउने वितिकै विलाउछन्’ नेता महरले भने ।
यस्तै महरले नेपाल बुद्धिजीवी परिषद नेकपा एमाले पार्टीको अविभावकिय संगठन भएको बताएका छन् । शुक्रबार नेकपा एमाले पार्टी कार्यालयमा नेपाल बुदिजीवी परिषद बझाङको ५ आँै जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा महरले पार्टीलाई सकरात्मक सुझाव दिनुका साथै विचार निर्माण र पार्टीलाई दिसा निर्देश गर्ने भएकाले बुद्धिजीवी परिषद नेकपा एमालेको अविभावकिय संगठन भएको बताए । उनले भने ‘बुद्धिजीवी परिषद र पार्टीको सन्तुलन मिलाएर अगाडी बढ्नु पर्छ । परिषदले समाज रुपान्तरण, गरिवी न्युनिकरण, सामाजिक विभेद लगाएतका मुद्दाहरुलाई बहसको रुपमा अगाडी सारेर छलफलमा ल्याइ पार्टी संगठनलाई अगाडी बढाउनु पर्छ ।’
माझ पुर्याउनु पर्छ । नेकपा एमाले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचार गर्नुपर्छ । अरु पार्टीले कसरी हराउने भन्ने सोचिरहेको अवस्थामा यो बेला पार्टीलाई जिताउन परिषदले महत्वपुणर् भुमिका खेल्नुपर्छ’ महरले भने । बुदिजीवी परिषदलाई संख्यात्मक रुपमा नभएर गुणात्मक संगठनका रुपमा अगाडी बढाउनु आवश्यक रहेको महरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *