रिदम सिंह, बझाङ । किताब बजार प्रबीधीको प्रयोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम जिल्ला सदरमुकाम चैन्पुरमा आज सम्पन्न भएको छ ।
वल्र्डभिजन ईन्टरनेशनल नेपाल र बिश्वबैकको आर्थिक तथा प्राबीधीक सहयोगमा प्रगतिशिल युवा समाज बझाङले जयपृथ्बी नगरपालिकाका १५ बिद्यालयका प्रध्यानाधापक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाई अभिमुखिकरण कार्यक्रम गरेको छ ।
स्थानीय स्तरमै बालमैत्री किताबहरुको सर्बसुलभ मुल्यमा अनलाईन मार्फत बिद्यालयले अडर गर्न सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बल्र्ड भिजन ईन्टरनेशनल नेपालका कार्यक्रम व्यबस्थापक अजय महराले बताउनुभयो ।
किताब बजार सफ्टवर्यरको लागि आईडी तयार गर्ने, खरीद गर्ने बिधी, बिताब छनोट गर्ने लगाएतका प्राबीधीक ज्ञानको बारेमा जानकारी गराईएको समेत वल्र्ड भिजन ईन्टरनेशनल नेपालका महराले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा जयपृथ्बी नगरपालिकाकाका १५ बिद्यालयका शिक्षक, वि.ब्य.स. अध्यक्षहरुकोे सहभागिता रहेको थियो । बझाङ जिल्लाको सवालमा प्रबीधीमा आधारीत यो नयाँ कार्यक्रम रहेको छ ।