साइपाल खबर संवादाता बझाङ । मेरो वडामा म जिताउछु भन्ने कुरालाई आत्मसात गर्दै चुनावको तयारीमा जुट्न नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एमाले बुंगल नगरपालिका कमिटीले बुंगलको विजगडामा आयोजना गरेको जनवर्गीय संगठनको संयुक्त नगर अधिवेशन कार्यक्रममा नेता महरले आग्रह गरेका हुन ।
पुर्व अनेरास्ववियु केन्द्रिय अध्यक्ष समेत रहेका महर नेपाली कांग्रेसले बुंगल नगरपालिका २०७४ सालमा जनतालाई धम्क्याएर ६ वडा र नगरपालिकामा आफ्नो वर्चस्व जमाएको र नेकपा एमालेले बुंगल नगरपालिकामा स्थानियहरुको आफ्नै स्वविवेकले दिएका भोटहरुले ५ वडा जितेकाले नेपाली कांग्रेसका जस्तो नगर्न र जनतालाई सुरक्षाको प्रत्याभुति दिनु पर्नेमा समेत जोड दिनुभएको थियो । उक्त कार्यक्रममा बुंगल नगरपालिकाका स्थानियहरुले बुंगलमा सत्ता परिर्वतन हुन तथा सत्तामा पुग्ने पार्टी परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।
बुंगल नगरपालिका कमिटी अध्यक्ष मोहन बोहराको अध्यक्षतामा सुरु भएको सम्पन्न कार्यक्रममा करिब ३ सय ५० जना नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नगरपालिकामा नेकपा एमाले निकट जनवर्गीय संगठनको संयुक्त नगर अधिवेशन समेत सम्पन्न गरिएको छ । नेकपा एमाले बुंगल नगरपालिका कमिटीको आयोजनामा शनिबार बुंगल नगरपालिकाको विजगडामा उक्त अभिभयान सम्पन भएको हो । नगरपालिकामा गठन भएका ६ वटा जनवर्गीय संगठनहरुको संयुक्त रुपमा एकैपटक अधिवेशन सम्पन्न भएको छ ।
जसमा राष्टिय युवासंघ, अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, नेपाल उत्पिडित जातिय मुक्ति समाज र जेष्ठ नागरिक मञ्चको संयुक्तरुपमा नयाँ नेतृत्व चयन गरेर नगर अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट राष्टिय युवासंघ नगरकमिटीमा लोकेन्द्र कुँवर नगर इन्चार्ज, सन्तोष कुँवर अध्यक्ष सहित ४४ सदस्यीय, अनेरास्ववियुको नगरकमिटीमा अध्यक्षमा कमल ऐडी सहित ३१ सदस्यीय, अखिल नेपाल महिला संघ नगरकमिटीमा अध्यक्षमा ममता जोशी सहित ८० सदस्यीय, अखिल नेपाल किसान महाँसंघको नगरकमिटीमा अध्यक्षमा हरजित बोहरा सहित २७ सदस्यीय, नेपाल उत्पिडित जातिय मुक्ति समाजको नगरकमिटीमा अध्यक्षमा अंगत ओखेडा सहित २४ सदस्यीय र जेष्ठ नागरिक मञ्चको नगरकमिटीको अध्यक्षमा सालिभान धामी सहित २३ सदस्यीय कमिटी गठन गरिएको छ । गठन भएका कमिटीहरुलाई बधाइ तथा कार्यकालको शुभकामना दिदै महरले सबैको काधमा जिम्मेवारी आएकाले मेहनतका साथ लाग्न समेत आग्रह गर्नु भएको छ ।
नेकपा एमाले बुंगल नगरकमिटी अध्यक्ष मोहन बहादुर बोहराको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अथितिमा नेकपा एमालको केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महर रहनुभएको थियो । विशिष्ठ अथितिमा नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकलग लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।