पार्वती ऐडी- बझाङ- बझाङमा छाला सम्वन्धी रोगको ३ दिने निः शुल्क शल्यक्रिया शिविर संचालन भएको छ । सुष्मा मेमोरियल अस्पताल र जिल्ला अस्पताल बझाङको सयुक्त आयोजनामा शिविर संचालन गरिएको हो ।
शिविरमा पहिलो दिन ८० जनाले सेवा लिएका छन । जसमा १४ जनाको अप्रेशन भएको छ । अप्रेशन हुनेमा ओठ, तालु, फाटेका दिर्घकालिन घाउ चोट पटक लागेका नाक, कान चिरिएका शरिरमा घाउ चोट लागेकालाई सेवा दिइएको जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले बताए ।
शिविर चैत १ गते देखी ३ गते सम्म संचालन हुने जनाइएको छ । शिविरको मंगलबार एक कार्यक्रमका विच उदघाटन गरिएको थियो ।
निमुखा र अस्पतालको पहुँचबाट वञ्चित भएकाहरुको लागि निःशुल्क उपचार उपलब्ध गराउने उदेश्यले उक्त शिविर संचालन गरिएको समेत प्रमुख डा. ओखेडाले बताए ।