पार्टीलाई घात गर्नेहरु चोइटिएर गएपछी पार्टी झन बलियो भयो : नेता महर

बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ – नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले नेकपा एमालेलाई स्थानिय चुनाव देखी विभिन्न समयमा घात गर्ने व्यक्तिहरु चोइटिएर गएपछी पार्टी झन बलियो भएको बताएका छन् ।

नेकपा एमाले दुर्गाथली गाउँपालिका – ६ चुवावनको वडाकमिटीले आयोजना गरेको विस्तारित बैठक तथा आम भेलालाई सम्बोधन गर्दै चुनावमा पार्टीलाई घात गरेर अन्य पार्टीलाई सहयोग गर्नेहरु नै अहिले पार्टीबाट चोइटिएर अबैध  पार्टी समाजवादीमा लागेका बताएका हुन् ।

उनले भने, ‘ पार्टीको खोल ओडेर पार्टीबाट जस्ले स्वार्थ लिएका छन् । उनिहरु नै अहिले समाजवादी के – के वादी भनेर हिनेका छन् । त्यस्ता अबैध पार्टीका कार्यकर्ता हाम्रो पार्टीको नाम लिएर आउलान विश्वास नगर्नुहोला ।’

अहिले युवा,जेष्ठ नागरिक, महिला सबै पार्टी संगठन विस्तारको अभियानमा लागेकाले पनि पार्टी पहिले भन्दा मजबुद तथा बलियो भएको नेता महरले बताए ।

मंगलबार गरिएको उक्त कार्यक्रममा करिब ५ सय स्थानियहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा नेकपा एमाले दुर्गाथली गाउँपालिकाका वडा कमिटीका अध्यक्षहरुले पनि पार्टी पहिलेको भन्दा मजबुद भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *