जिल्ला अस्पताल बझाङको व्यवस्थापन समिति अध्यक्षमा सिंह नियूक्त

प्रदेश बझाङ समाचार सुदुरपश्चिम स्वास्थ्य / जीवन शैली

बझाङ- सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेको जिल्ला अस्पताल बझाङमा नयाँ व्यवस्थापन समिति अध्यक्षमा सुनबहादुर सिंह नियूक्त भएका छन ।

बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार मातहत रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार जिल्ला अस्पताल बझाङमा सिंहलाई अध्यक्षमा नियूक्त गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *