अनेरास्ववियु आफैमा एक विश्वविध्यालय हो : एमाले नेता महर

बझाङ समाचार सुदुरपश्चिम

बझाङ – नेकपा एमालेका केन्द्रिय सदस्य, बझाङ जिल्ला सह– इन्चार्ज तथा पुर्व अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महरले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) आफैमा एक विश्वविध्यालय भएको बताएका छन् । अनेरास्ववियु जिल्ला कमिटी बझाङको १२ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

समाजलाई कसरी अगाढी बढाउने, अनुसासनका कुराहरु पालना गराउन, समाजमा कस्ता खालका कुरितीहरु छन्, यि मुद्घाहरुका साथै देश परिवर्तनको मुल नेतृत्व अनेरास्ववियुले लिएको हुँदा तथा देशको माटो, समाज चिन्ने मान्छे जन्माउने अनेरास्ववियु आफैमा एक विश्वविध्यालय भएको महरले बताएका हुन् ।

उनले भने, ‘कालो बजारीलाई हटाउन, सामाजिक रुपान्तरण गर्न, राष्टियता माथि धावा बोल्नेहरुका विरुद्घ लड्न अनेरास्ववियु अहिले सम्म अग्रपङ्तीमा नेतृत्व गर्दै आएको छ । त्यसको विरोधमा कपालमा कफन बाधेर दृणताका साथ उभिन्छ । विध्यार्थीहरुको अबको आन्दोलन शैक्षिक अधिकारको हो ।अनेरास्ववियुले आफुलाई फरक ढंगले उतार्नुपर्छ ।’

कार्यक्रममा बोल्दै महरले अनेरास्ववियुलाई धेरै मानिसहरुले अनेरास्ववियुमा लाग्नु राजनिती गर्नु हो बुझेकाले अनेरास्ववियु देश परिवर्तन गर्न, शैक्षिक आन्दोलनको लिड गर्ने देखी सुखी नेपालीको महा अभियानलाई सार्थक बनाउन अनेरास्ववियु लागेको तथा अनेरास्ववियुले अगुवाई गरेको आम जनमानसमा बुझाउनु पर्ने बताएका छन् ।

ढुंङ्गामुडा, सडकमा चक्काजाम गरेर देश परिवर्तन नहुने भएकाले रचनात्मक र र्सिजनात्मक रुपमा विध्यार्थीहरुले आन्दोलन अगाडी बढाउनु पर्नेमा पनि नेता महरले जोड दिएका छन् । उनले भने, ‘अनेरास्ववियु पढेलेखेका, सिपयुक्त, निडर युवाहरुको पङ्ति हो । अनेरास्ववियु जस्तो प्रभावशाली संगठन नभए नेपालमा परिवर्तन सम्भव थिएन ।’

यो संगठनमा लागेकाहरु पढाइमा अब्बल मात्र नभएर समाजका लिडर पनि भएकाले अनेरास्ववियुमा लागेका विध्यार्थीहरुले आफुलाई भाग्यमानी ठान्नु पर्ने बताएका छन् ।

उनले भने, ‘अनेरास्ववियुमा लागेपछी सबै चिज सम्भव छ भन्ने सिकाउछ । यसले देश र समाज प्रर्ति जिम्मेवार र कर्तव्यनिष्ट हुन सिकाउछ । अब अनेरास्ववियुले गुणस्तरिय शिक्षाको आन्दोलनको अगुवाई गर्नुपर्छ । साथै यो नेता उत्पादन गर्ने कारखाना पनि हो ।’

अनेरास्ववियुले आउदै गरेको स्थानियतहको चुनावमा पार्टीलाई सहयोग गर्न मुल अगुवाई गर्नुका साथै समाजमा ब्याप्त सामाजिक कुरिती कम गर्न सचेतना फैलाएर कम गर्न मदत गर्नुपर्ने, बझाङ जिल्लाका अविभावकहरुको निजि विध्यालयमा आकर्षण बढ्नु र सरकारी विध्यालयमा विध्यार्थी संख्या कम हुनुको कारण पत्ता लगाउनु पर्ने बताए ।

जिल्ला संयोजक दिल बहादुर खातीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अथितिमा नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंह, विशिष्ट अथितिमा नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज अफिलाल ओखेडा, नेकपा एमाले केन्द्रिय सदस्य, बझाङ जिल्ला सह इन्चार्ज तथा पुर्व अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महर, अथितिमा अनेरास्ववियु केन्द्रिय सचिव लोकेन्द्र बहादुर सिंह, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दमन भण्डारी रहनु भएको थियो भने, कार्यक्रममा विभिन्न संघ, संगठनका प्रमुख तथा प्रर्तिनिधिहरु साथै १२ वटै पालिकाका अनेरास्ववियुका विभिन्न कमिटीका विध्यार्थीहरुको पनि सहभागिता रहको थियो ।

उक्त अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । त्यसका लागी अध्यक्षमा ६ जना आकांक्षी देखिएका छन् । जसमा हालका संयोजक समेत रहेका दिल बहादुर खाती, सह संयोजक पुस्कर दौल्याल, रियास खड्का, गोविन्द ढाँट, सर्जन थापा र विरेन्द्र कुँवर आकाँक्षी देखीएका छन् । आँकाक्षी धेरै भए पनि आधिकारीक उम्मेदवारी नपरेको अनेरास्ववियु स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *