साइपालखवर, बझाङ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ बझाङको अध्यक्षमा नरजित खड्का निर्वाचित भएका छन । शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निरविरोध निर्वाचित भएको छ । संघको जिल्ला उपाध्यक्षमा कर्ण धामी र राधा राना, सचिवमा भिम पुजारा, सह–सचिवमा डम्मरा जोशी र कोषाध्यक्षमा धिरेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन ।
यस्तै सदस्यमा खडक बोहरा, विनोद प्रसाद जोशी, विजयराज खाती, अमृता खड्का, कृष्ण बहादुर खाती, दिपिका राना, लोकजन सिंह, परिस्मा भण्डारि, बालु नेपाली, विनिता ओली,नारायण अवस्थी, संगिता ओखेडा चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधीमा दुर्गा बम्म, हरिभक्त अवस्थी, विनोद खड्का, नारायण अवस्थी लगाएत ४ जना चयन गरिएका छन् । केन्द्रिय प्रतिनिधिमा प्रकाश खड्का, जनक राज जोशी, रुकमेणी सिंह, हंसराज दौल्याल,सत्य सिंह, नरेश विष्ट, भिम बहादुर बोहरा, भरत मोर र दिनेश बहादुर धामी गरी ९ जना चयन गरिएका छन् ।
संघको जिल्लामा ४ सदस्यीय सल्लाहाकार समिती पनि निर्माण गरीएको छ । बल बहादुर ओखेडाको संयोजगत्वमा ४ सदस्यीय सल्लाहाकार समिती निर्माण गरिएको हो । शनिबार जिल्ला समन्वय समितीको सभाहलमा भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य, बझाङ जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंहले गरेका थिए ।