सत्यराज सिंह बझाङ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भोली मंगलबार बझाङ आउने भएका छन् । नेपाली सेनाको बझाङको साइपाल गाउँपालिकामा भैरहेको हिमाल दर्शन अर्थात नियमित अभ्यासको निरिक्षण तथा पानकाेट ब्यारेकको निरिक्षण गर्न शर्मा बझाङ आउने कार्यक्रम तय भएको वीर भर्दजंग गुल्म पानकाेटका मेजर मेघबहादुर गुरूङले बताएका छन् ।
फागुन २१ गते देखी बझाङकाे सदरमुकाम चैनपुर नजिक रहेकाे विरभद्रजंग गुल्म पानकाेटबाट सुरू भएकाे हिमाल दर्शनकाे अभ्यास साइपाल गाउँपालिकाको काँडा सम्म पुगेर उक्त अभ्यास चैत १० गते सकिने भएको छ ।