लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी समन्वय बैठक सम्पन्न

बझाङ समाचार सुदुरपश्चिम स्वास्थ्य / जीवन शैली

बझाङ- बझाङको जयपृथ्वी नगरपालिकामा औपचारिक रुपमा आयोजना गरिएको लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । मंगलबार पिसविन नेपालको आर्थिक सहयोग र जयपृथ्वी नगरपालिकाको समन्वयमा जयपृथ्वी नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त बैठक सम्पन्न भएको हो ।

बैठकमा यूएनएफपीएका जिल्ला संयोजक धनबहादुर लम्सालले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कोष, कोषको काम कर्तव्य र निमावलीको बारेमा जानकारी गराउनुभएको थियो ।

सबै स्थानिय तहहरुमा लैङ्गिक हिंसा निवारण कोष लागु हुनुपर्ने भए पनि बझाङ जिल्लामा भने ९ वटा स्थानिय तहहरुमा मात्रै उक्त कोष बनाएको पाइएको छ ।

उक्त कोषले जिल्ला अस्पतालमा रहेको एकदवार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) लाई प्रभावकारी कार्यन्वयन गर्ने, सबै पालिकामा महिलाहरुका लागी सुरक्षित आवास गृह निर्माण गर्ने, पिडित महिलाहरुको न्याय प्राप्तिका लागी पहल गर्ने लगाएतका कुराहरुमा छलफल गरिएको थियो ।

साथै बैठकमा सरोकारवालाहरुले लैङ्गिक हिंसा न्युनिकरणका लागी आफुहरुले गरेका प्रयासका बारेमा पनि जानकारी गराएका थिए ।

बैठकले जयपृथ्वी नगरपालिका अन्र्तगतको लैङ्गिक हिंसा निवारण कोषको परिचालन गरी जयपृथ्वी नगरपालिकाका लैङ्गिक हिंसा प्रभावितहरु लाई उदार तथा राहात सहयोग गर्ने र सो कोषलाई बनाउन आर्थिक बर्षबाट थप बजेट विनियोजनका लागि योजना तर्जुमाको समितीमा पेस गर्ने निर्णय समेत गरेको छ ।

जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा ११ वटै वडाका वडाअध्यक्ष, विषयगत शाखाका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, महिला सुरक्षित आवास गृहका प्रमुख, लैङ्गिक हिंसा सम्बन्धी काम गर्ने संघ,संस्थाहरुका प्रर्तिनिधी र पत्रकार तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

पिसविन नेपालले लैङ्गिक हिंसा सम्वन्धी बझाङका ४ वटा स्थानिय तहमा काम गर्दै आएको छ । जसमा मष्टा गाउँपालिका, तलकोट, वित्थडचिर र जयपृथ्वी नगरपालिका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *